• २१ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
महोत्सव सिजन: ‘स्टेज क्वीन’भुमिकालाई भ्याईनभ्याई




दाङ । ‘स्टेज क्वीन’को रुपमा आफूलाई स्थापित गर्न सफल गायिका भुमिका गिरी हिजोआज भ्याईनभ्याई छ ।

व्यस्त गायिका मध्ये उनि एक हुन । बुधवार जारी लेखनाथ महोत्सवमा सहभागी हुन कास्की पुगेकी भुमिका  विहिबार बागलुङ महोत्सवहमा आफ्नो प्रस्तुति दिएको थिन । महोत्सवहरुले गर्दा मेरो व्यस्तता बढेको छ ।
स्वदेश तथा विदेश कार्यक्रमका लागि थुप्रै कार्यक्रमको प्रस्ताव आइरहेकोे समेत बताईन  ।

उनी भुमिकालाई  लिएर कार्यक्रम गर्ने आयोजकको संख्या बढिरहेको छ । भुमिकाले पनि आफूले भ्याएसम्म कार्यक्रममा सहभाागी हुने कोशिस गरेको सुनाइन् । ‘बोलाएपछि जानैपर्यो, नजाँदा ठूली भई भन्छन्’ उनले भनिन्, ‘मलाई खाली बस्न मन छैन ।’ स्टेज कार्यक्रममा नजाँदा पनि आफू रेकर्डिङमा व्यस्त रहेने भुमिकाको भनाइ छ ।

गोर्खा, गुल्मी, पर्वत र चन्द्रौटा लगायत महोत्सव प्रस्तुति दिन बाकि रहेको  र मेला महोत्सवह लगायत अंग्रेजी नयाँ वर्षका कार्यक्रमका लागि धेरैतिर बाट प्रस्ताव आइरहेको छ । प्रस्ताव आएको सबै ठाउँमा त भ्याउँदिनँ होला तर समय मिले सम्मको कार्यक्रममा सहभागि हुने समेत बताईन् ।

भुमिकाको ‘उजेली जुनेली , देउरालीमा, रंग रसैमा, चोली मैलो भो, बुट्टा भरेको , तिउन मिठो बनायो चुकैले , हङकङको चुरोट गोरखपुरको सलाई, तारा संगै जुन’ लगायतका धेरै गीत स्टेजमा लोकप्रिय रहेको छ ।

Facebook Comments