• २३ बैशाख २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
कांग्रेस दाङ क्षेत्र नम्बर २ (क)द्वारा विभिन्न शाखा बिस्तार




दाङ । नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर २ क ले विभिन्न शाखाहरुलाई पूर्णता दिएको छ । बिधान अनुसार क्षेत्र नम्बर २ क प्रदेश कार्यसमितिले समन्वय शाखा,प्रशिक्षण शाखा, लेखा शाखा, प्रचारप्रसार शाखा र अभिलेख शाखालाई पूर्णता दिएको हो ।

जस अनुसार पूर्णबहादुर मल्ल संयोजक रहेको समन्वय शाखा गठन गरेको छ । शाखाको सदस्यमा बङ्लाचुली गाउँपालिका-१ बाट मेघराज परियार, घोराही उपमहानगरपालिका -१४ लिलबहादुर घर्ती, घोराही -१७ बाट यमप्रसाद चौधरी ( पर्शु) र १८ बाट मेघराज अर्याल रहेका छन् ।

त्यसैगरि सरस्वता गौतम संयोजकत्वमा बंगलाचुली गाउँपालिका-५ निवासी यमलाल बुढा,घोराही उपमहानगरपालिका -१५ निवासी बसन्ता थापा,१७ निवासी शान्ता रेग्मी र १८ निवासी सुभाष पोखरेल सदस्य रहेकोे प्रशिक्षण शाखा गठन गरिएको छ ।

त्यसैगरी बिन्दु दाहालको संयोजक्त्वमा बंगलाचुली गाउँपालिका-४ निवासी द्रोपता पौडेल, घोराही उपमहानगरपालिका-१३ निवासी प्रकुती क्षेत्री, १४ निवासी बिन्दु खड्का र १५ निवासी चूर्ण ओली सदस्य रहेकोे लेखा शाखा रहेको छ ।

सपना अधिकारी मजगैयाको संयोजकत्वमा बंगलाचुली गाउँपालिका-४ निवासी तामबहादुर परियार, घोराही उपमहानगरपालिका-४ निवासी जग्गुप्रसाद जोशी (सुधन), घोराही- १३ निवासी रिना खड्का र घोराही-१८ निवासी सिमा भट्टराई सदस्य रहेकोे अभिलेख शाखा गठन गरेको हो ।

त्यसैगरी देबा जिसी संयोजकत्वमा सदस्य घोराही -१८ निवासी अमरराज आचार्य, घोराही -१५ निवासी सुशीला वली, घोराही -४ निवासी रामबहादुर बुढाथोकी र संयोजकत्वमा-४ निवासी रविन पिएम सदस्य रहेने गरि प्रचारप्रसार शाखा बिस्तार गरिएको नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर २ कका सचीव शिशिर अधिकारीले जानकारी दिनु भयो ।

सचीव अधिकारीको अनुसार २०८० पौष ११ गते सभापति प्रकाश श्रेष्ठको सभापतित्वमा भएको कार्य समितको बैठकको निर्णयले शाखाका समितिहरुलाई पूर्णता दिएको हो।

Facebook Comments