• २४ बैशाख २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
होलेरीमा आँखा उपचारसम्बन्धी आधारभूत तालिम सुरु




होलेरी । रोल्पाको होलेरीमा आँखासम्बन्धी आधारभूत उपचार तालिम सुरु भएको छ । बुधबारबाट सुरु भएको तालिमको पहिलो दिन रुन्टीगढी गाउँपालिकाका शिक्षक तथा विद्यालयका नर्सहरुलाई दिइएको हो ।नेपाल रेडक्रस सोसाइटी उपशाखा होलेरी र तिलगंगा आखाँ उपचार केन्द्रको सहकार्यमा भएको तालिममा ३४ जनाकाे सहभागिता रहेको थियाे।

नेपाल रेडक्रस सोसाइटी उपशाखा होलेरी र तिलगंगा आखाँ उपचार केन्द्रको सहकार्य हुन लागेको करीब १२ वर्ष भई सकेको उपशाखा होलेरी सभापति लक्षिराम थापाले बताउनुभयो । यो बिचमा करिब ६ सय भन्दा बढी बृद्धा बृद्ध आखाँ निशुल्क उपचार,२१ हजार बढीको आखाँ चेक जाच तथा गत वर्षमा पनि गाउँपालिको आर्थिक अनुदानमा विद्यालय आखाँ कार्यक्रम संचालनमा ९ सय विद्यार्थीको आखाँ चेक जाच गरिएकाे र ५२ जना विद्यार्थीलाई सहुलिएत चस्मा उपल्बध गराएको उहाले बताउनुभयो । बिभिन्न बिपद तथा जोखिमहरुमा नेपाल रेडक्रस सोसाइटी उपशाखा होलेरी सक्रियताका साथ लाग्दै आइ रहेको छ ।

अबको केही दिनमा होलेरीमा आखाँ उपचार केन्द्र सुरु हुन लागेको हुदा यो आधारभुत तालिमले थप सहयोग पुग्ने हेतुले तालिम सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष जनक पुनले बताउनुभयो ।

नेपाल रेडक्रस सोसाइती उपशाखा होलेरीका सभापति लक्षिराम थापाको अध्यक्षतामा भएको तालिम उद्घाटन कार्यक्रममा प्रमुख अथिति पालिका अध्यक्ष जनक पुन रहनुभएको थियो भने कार्यक्रमको सहजीकरण रेशम बुढाथोकीले गर्नु भएको थियो ।

Facebook Comments