• २४ बैशाख २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
प्रधानमन्त्री कार्यालयको पुनःसंरचना सुरु, ६८ दरबन्दी काटियो




काठमाडौं, १२ पुस ।सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत ६८ जना कर्मचारीको दरबन्दी कटौती गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री कार्यालयको प्रस्तावमा कार्यालयको पुनर्संरचनासहितको संगठन तथा व्यवस्थापन सर्भेक्षण (ओएनएम) स्वीकृत गर्दै ६८ वटा दरबन्दी कटौतीको निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुुभयो ।

यो निर्णयसँगै कटौतीमा परेका ६८ जना कर्मचारीको दरबन्दी अन्य मन्त्रालयमा पठाउन थालिएको छ ।
त्यस्तै सरकारले आर्थिक वर्ष २०८०÷८१ को लागि गहुँको समर्थन मूल्य प्रति क्विन्टल ३६५०÷१४ रुपैयाँ निर्धारण गरेको छ भने प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को रिक्त सदस्य सचिव पदमा महेश भट्टराईलाई तोक्ने निर्णय गरिएको प्रवक्ता शर्माले जानकारी दिनुभयो ।

Facebook Comments