• २४ बैशाख २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
स्ववियुको आयोजनामा वादविवाद प्रतियोगिता




घोराही । महेन्द्र बहुमुखी क्याम्पस दाङको ६४ औँ स्थापना दिवसका अवसरमा वृहत खेलकुद तथा साँस्कृतिक सप्ताह २०८० अन्तरगत विहिवार वादविवाद प्रतियोगिता सम्पन्न भएको छ ।

स्वतन्त्र विद्यार्थी युनियन महेन्द्र बहुमुखी क्याम्पसका अध्यक्ष मनोज डिसीको अध्यक्षता तथा क्याम्पस प्रमुख भरतराज न्यौपानेको प्रमुख आतिथ्यमा एक औपचारिक कार्यक्रम गरी सुरु भएको प्रतियोगितामा क्याम्पसमा अध्ययनरत १४ जना विद्यार्थिहरुको सहभागिता रहेको थियो ।

‘‘विद्यार्थिका लागि सामाजिक सञ्जाल बरदान की अभिशाप’’ भन्ने विषयमा भएको वादविवाद प्रतियोगितामा चन्द्रप्रकाश नेपाली प्रथम, मदन परियार दोस्रो तथा कौशिला शर्मा र जया बस्नेत तेस्रो भएका थिए ।

प्रतियोगिताको निर्णायकमा क्याम्पसका प्राध्यापकहरु अम्विकाप्रसाद डाँगी, दिवाकर शर्मा र रमेश लम्साल रहेका थिए । स्ववियु सदस्य विशाल पुनको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण स्ववियु सचिव बसन्त भण्डारीले गरेको कार्यक्रम संयोजक स्ववियु सदस्य दिपक वलीले जानकारी दिएका छन् ।

 

Facebook Comments