• २५ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
खेल क्षेत्रमा राज्यको ध्यान गएको छ: मन्त्री खनाल




घोराही । घोराही उपमहानगरपालिकास्तरीय १६ औं राष्ट्रपति रनिङ शिल्ड खेलकूद प्रतियोगिता गोरखा इन्टरनेशनल पब्लिक सेकेन्डरी स्कूलमा शुरु भएको छ ।

घोराही उपमहानगर खेलकूद विकास समितिका संयोजक नरेन्द्र पुनको अध्यक्षता एवं लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालको प्रमुख आतिथ्यतामा प्रतियोगिता उद्घाटन गरिएको हो । सो अवसरमा बोल्दै प्रमुख अतिथि खनालले रंगशाला निर्माण र प्रशिक्षकलाई सुविधा दिन बजेटको व्यवस्था गर्ने प्रतिबद्धता जनाउनुभएको छ । उहाँले भन्नुभयो– ‘स्वस्थ युवा, स्वस्थ समाज निर्माणका लागि राज्यको ध्यान केन्द्रित भएको छ । एक्लोपना, मानसिक रोगबाट मुक्त गरी स्वस्थ युवा बनाउने हो । खेलमार्फत घुलमिल गराई सामाजिक बनाउने हो । खेलाडी छनोट हुँदै अन्तराष्ट्रियस्तरमा पुगेर देशको गौरब बढाउने हो । त्यसमा राज्यको ध्यान गएको छ ।

कार्यक्रमका विशिष्ट अतिथि घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा डिसीले जिल्ला प्रदेश हुँदै राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडी बन्ने आधारका रुपमा यस्ता रनिङशिल्डले भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । ‘किताव रट्ने ठूलो कुरा होइन, सम्पुर्ण विद्यालयले बुक फ्रि डे को नीति लागु गर्नुस्’– उहाँले भन्नुभयो– ‘अतिरिक्त क्रियाकलाप, संस्कार, संस्कृति सिकाउने अभिभावक चिनाउने लगायत विविध काममा सक्षम बनाउनुस् ।’ उहाँले शौचालय, खानेपानी, भवनको छानो, चेन्जिङ रुम, सेनेटरी प्याड व्यवस्था गर्न सुझाव दिनुभयो । अपुग भएको ठाउँमा राज्य तयार रहेको बताउनुभयो ।

त्यसअघि शिल्डमा सहभागी ४६ सामुदायिक र संस्थागत विद्यालयले मार्चपास गर्दै प्रमुख अतिथि मन्त्री खनाललाई सलामी अर्पण गरेका थिए । विद्यार्थीहरु विभिन्न जातीय भेषभूषामा सजिएका थिए । गोरखा ग्रुपका उपाध्यक्ष एवं गोरखा इन्टरनेशनल पब्लिक सेकेन्डरी स्कूल सञ्चालक समितिका अध्यक्ष विष्णुप्रसाद घर्तीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा खेलकुद सामग्री खेलकुद प्राविधिक संयोजक अनिल रिजाललाई हस्तान्तरण गरेर प्रमुख अतिथि मन्त्री खनालले उद्घाटन गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन शिक्षक शोभाकर पन्थीले गर्नुभएको थियो । प्रतियोगिता पुस १३ गतेसम्म चल्नेछ ।

Facebook Comments