• २१ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
मुसिकोट १० का कृषकले सुन्तलाकाे दोब्बर भाउ पाए




रुकुम पश्चिम । रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १० मा उत्पादित सुन्तलाले यो वर्ष राम्रो भाउ पाएको छ । किसानले सुन्तलामा गत वर्षको भन्दा दोब्बर भाउ पाएको वडा कार्यालयले जनाएको छ । वडाध्यक्ष धनबहादुर खड्काले गत वर्ष भन्दा किसानले यो वर्ष सुन्तलाको दोब्बर बढी भाउ पाएको बताउनुभयो ।

वडा भरमा उत्पादन भएका कृषि उपजको मूल्य निर्धारण र बजारका लागि वडा कार्यालयले सहजिकरण गर्दै आइरहेको छ । वडाकै सक्रियतामा यो वर्ष किसानले सुन्तलाको भाउ दोब्बर बढी पाएको वडाध्यक्ष खड्काले बताउनुभयो । उहाँका अनुसार गत वर्ष प्रतिकिलो २५ रुपैयाँमा बिक्री भएको सुन्तला यो वर्ष प्रतिकिलो ५२ रुपैयाँमा बिक्री भएको छ ।

गाउँबाटै व्यापारीले सुन्तला लिएका हुन । यो सिजनको हालसम्म ८८ क्विन्टल सुन्तला बिक्री भएको उहाँको भनाई छ । अझै २५ क्विन्टलको हाराहारीमा सुन्तला बाँकी रहेको उहाँले बताउनुभयो । यो सिजनको अहिलेसम्म सुन्तलाबाट वडामा साढे चार लाख बढी भित्रिएको छ ।

गत वर्ष ढिलो गरी सुन्तला बजारमा पठाउनु पर्दा कम मूल्य पाएका कृषकले यो वर्ष समयमै बजारमा पठाएका कारण राम्रो मूल्य पाएका हुन् । राम्रो मूल्य पाएपछि वडाका सुन्तला उत्पादक कृषकहरू हर्षित छन् । वडामा ६ जना व्यावसायीक सुन्तला उत्पादक कृषकहरू छन् ।

गत वर्षको भन्दा धेरै मूल्य पाएपछि आफूहरू हौसिएको सुन्तला उत्पादक कृषक एक्कबहादुर खड्काले बताउनुभयो । गत वर्ष निकै कम मूल्य पाउँदा दुखी भएको भए पनि यो वर्ष भने गाउँबाटै गत वर्षको तुलनामा दोब्बर बढी मूल्य पाउँदा खुसी लागेको उहाँको भनाई छ ।

आफूले १६ क्विन्टल बढी सुन्तला बिक्री गरेको उहाँले जानकारी दिनुभयो । गत वर्ष ५० हजार पनि आम्दानी नगरेका खड्काले यो वर्षको अहिलेसम्म ८३ हजार आम्दानी गरेको बताउनुभयो । अझै केही मात्रामा सुन्तला बिक्री गर्न बाँकी रहेको उहाँले बताउनुभयो ।

वडाले कृषि उत्पादन बढाउन र बजार तथा राम्रो मूल्यका लागि पहल गरिरहेको छ । व्यापारी र कृषकको भेट गराउने काममा वडा लागिपरेको वडाध्यक्ष खड्काले बताउनुभयो ।

Facebook Comments