• २४ बैशाख २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
प्युठानमा गाडी दुर्घटना : १० जना घाइते




प्युठान । प्युठानको सरुमारानी गाउँपालिका–४ बड्डाडामा विङ्गर गाडी दुर्घटना भएको छ ।

जिल्लाको बाग्दुलाबाट भालुवाङका लागि छुटेको लु २ ख ३०९३ नम्बरको गाडी सडकबाट  झण्डै एक सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी, प्रहरी  निरीक्षक हुमानन्द खनालले जानकारी दिनुभयो ।

दुर्घटनामा १० यात्रु घाइते भएका छन् । उनीहरूलाई एम्बुलेन्समा दाङको भालुबाङ पठाइएको प्रहरी निरीक्षक खनालले जानकारी दिनुभयो ।

दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

 

Facebook Comments