• २४ बैशाख २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दोस्रो प्याब्सन घोराही रनिङ शिल्डको उपाधि गोरखा स्कूललाई




घोराही । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सन घोराही नगर समितिको आयोजनामा सम्पन्न ञदोस्रो प्याब्सन घोराही रनिङ शिल्ड २०८०  को उपाधि गोरखा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुल घोराही दाङले प्राप्त गरेको छ । गोरखाले रनिङ शिल्डमा समावेश खेलहरूमा १२ स्वर्ण पदक, ६ रजत पदक र ५ कास्य पदक सहित रनिङ शिल्डको उपाधि चुमेको हो ।

डिभाइन एकेडेमीले ३ स्वर्ण, २ रजत र २ कास्य पदक प्राप्त गर्दै उपविजेता भएको छ ।

जनज्योति विद्याश्रमले २ स्वर्ण , ४ रजत र ३ कास्य पदक प्राप्त गरी तृतीय स्थान प्राप्त गरेको छ ।

मेचीकाली सेकेन्डरी स्कुलले २ स्वर्ण, १ रजत र २ कास्य पदक प्राप्त गरी सान्त्वना स्थान प्राप्त गरेको छ ।

सनराइज एकेडेमी २ स्वर्ण पदक र १ रजत र १ कास्य पदक प्राप्त गरेको छ ।

स्टार आवासीय माविले २ स्वर्ण, १ रजत पदक प्राप्त गरेको छ।

सिद्धार्थ एकेडेमीले २ स्वर्ण पदक प्राप्त गरेको छ ।

युनिक मिड वेस्टर्नले १ स्वर्ण र २ रजत र २ कास्य पदक प्राप्त गरेको छ ।

ज्योतिपुञ्ज आवासीय माविले १ स्वर्ण, १ रजत र ४ कास्य पदक प्राप्त गरेको छ ।

ज्योतिपुञ्ज मोडेलले १ स्वर्ण, १ रजत र २ कास्य पदक प्राप्त गरेको छ ।

ज्ञानमाला एकेडेमी १ स्वर्ण, १ रजत र १ कास्य पदक प्राप्त गरेको छ ।

मदन भण्डारीले १ स्वर्ण, १ रजत र १ कास्य पदक प्राप्त गरेको छ ।

राप्ती आवासीय माविले १ स्वर्ण , १ रजत र १ कास्य पदक प्राप्त गरेको छ ।

लाली गुराँस माविले १ स्वर्ण र २ कास्य पदक प्राप्त गरेको छ ।

ज्ञानज्योति एजुकेसनल एकेडेमीले १ स्वर्ण पदक प्राप्त गरेको छ ।

ग्रेट बुद्ध एकेडेमीले १ स्वर्ण पदक प्राप्त गरेको छ ।

त्यस्तै लिटल एञ्जल माविले ३ रजत र १ कास्य पदक प्राप्त गरेको छ ।

पर्ल एकेडेमीले १ रजत र १ कास्य पदक प्राप्त गरेको छ ।

दिपशीखा माविले ३ कास्य पदक प्राप्त गरेको छ ।

मनकामना आवासीय माविले २ कास्य, अर्किड इडेनले १ रजत , हिन्दू विद्यापीठ १ रजत पदक प्राप्त गरेका छन् ।

अल्फा मावि १ कास्य, , रमना पाठशाला १ कास्य , शान्ति सुधा मावि १ कास्य, ज्ञानोदय १ रजत र १ कास्य, पशुपति विद्याश्रमले १ रजत, शान्ति निकेतन विद्यालयले १ कास्य र अरनिको माविले १ कास्य पदक प्राप्त गरेको छ ।

कबड्डीमा उत्कृष्ट खेलाडी लिटल एञ्जलका अनिता चौधरी र भलिवलमा उत्कृष्ट खेलाडी स्टार माविका रोहन बिक घोषित भएका थिए । प्यलियर अफ द टुनार्मेन्ट गोरखा घोराहीका नरबहादुर बस्नेत र करिना कालाथोकीले प्राप्त गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि घोराही उपमहानगरपालिकाका प्रमुख नरूलाल चौधरीले खेल विद्यार्थी जीवनमा पाठ्यक्रमको अध्ययन जतिकै आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख चौधरीले भन्नुभयो, संस्थागत विद्यालयका विद्यार्थीहरूलाई खेलमा सहभागी गराउने उद्देश्यका साथ प्याब्सन घोराहीले आयोजनाको गरेको प्याब्सन रनिङ सिल्ड र उपमहानगरपालिकाले आयोजना गर्ने राष्ट्रपति रनिङ सिल्डलाई उपमहानगरपालिकाले समान ढङ्गले हेरेको र हेर्ने प्रतिवद्धता व्यक्त गर्दछु । पढाइसँगै निजी विद्यालयहरूले अतिरिक्त क्रियाकलापमध्ये खेलकुदलाई पनि प्राथमिकताका साथ अगाडि बढाएको नगर प्रमुख चौधरीले आभार प्रकट गर्नुभयो ।

घोराही उपमहानगरपालिकालाई बालमैत्री नगर घोषणा गर्न संस्थागत विद्यालयले खेलेको भूमिका अविस्मरणीय रहेको बताउँदै प्रमुख चौधरीले खेलकुदको विकासमा संस्थागत विद्यालयसँग पनि उपमहानगरपालिका सँगसँगै रहेको बताउनुभयो । प्याब्सन घोराहीका अध्यक्ष बिरेन्द्र चन्दको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको कार्यक्रमको सहजीकरण सचिव बालकृष्ण ओलीले गरेका थिए ।

Facebook Comments