दाङ । नेपाली कांग्रेसका संस्थापक नेता एवं पुर्ब प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको १००औं जन्मजयन्त्रीको अवसरमा आइतबार दिप प्रज्वलन गरेको छ ।
नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर २ (क)ले घोराहीको बिपि चोकमा रहेको कृष्णप्रसाद भट्टराई प्रतीक्षालयमा दिप प्रज्वलन कार्यक्रमको आयोजना गरेको हो ।
नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर २ (क)का सभापति प्रकाश श्रेष्ठको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस दाङका जिल्ला सदस्य हरु वीर बहादुर खत्री ( बिरु ), राज कुमार धिताल र रेख बहादुर वली प्रदेश सभा क्षेत्रीय कार्यसमितिका कोषाध्यक्ष नारायण भण्डारी ,घोराही उपमहानगरका सभापति तिलक रावत, घोराही नगर उपसभापति दुर्लभ के सी, दाङ जिल्ला उध्योग बाणिज्य संघका अध्यक्ष वसन्त जोशी, लुम्बिनी प्रदेश उध्योग बिभागका सदस्य सुबास न्यौपाने,नेपाली कांग्रेस घोराही- १५ का कोषाध्यक्ष माधब खनाल ,कृष्णप्रसाद भट्टराई प्रतिक्षालय निर्माण तथा अनुगमन समिति का अध्यक्ष दामोदर केसी लगायतको उपस्थिति रहेको थियो भने
कार्यक्रमको सहजिकरण नेपाली कांग्रेस प्रदेश सभा क्षेत्रीय कार्य समितिका सचिव शिशिर अधिकारीले गर्नु भएको थियो ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।

