• २० बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
पर्यटक पर्खिरहेको चौंरी लेक




बालाराम शेर्पाली

रुकुम (पूर्व) । कुनै बेला चर्चामै नरहेको चौंरी लेकमा आजभोलि अन्तरिक तथा बाह्य पर्यटकले भरिन थालेको छ । समुन्द्री सतहबाट चार हजार उचाइमा रहेको चौरी लेक रुकुम पूर्व जिल्लाको भूमे गाउँपालिका वड न. १ मा पर्दछ । रुकुम पूर्व र बाग्लुङको सिमाना पातिहाल्नेबाट विहाने चौरी लेक जाने, मज्जाले घुमघाम गरी बेलुकी पातिहाल्नेमै फर्किन सकिन्छ ढोरपाटन शिकार आरक्षको पश्चिम क्षेत्रतिर पर्ने चौंरी लेकबाट सिस्ने, पुथ, धौलागिरि अन्नपूर्ण हिमश्रृंखलाका साथै माछापुच्छ्रे हिमाल पनि देख सकिन्छ । त्यस्तै, लेकवाट ढोरपाटन शिकार आरक्षको पश्चिम क्षेत्रतिर पुथा उत्तरगंगका विभिन्न गाउँहरू, दक्षिणमा रोल्पाको जलजला,जन्तरे, कोठी भिरलगायत प्यूठानका विभिन्न ठाउँहरूको पनि अवलोकन गर्न सकिन्छ ।

हिउँद याममा हिउँले छोपिने चौंरी लेकमा वर्षायामना रंगीविरंगी फूलहरु फुल्ने गर्दछन् । बुकी चरनको लागि पनि उपयुक्त ठाउँ चौंरी लेक हो । असारको पहिलो हप्तादेखि भदौ अन्तिम साताऩम्न यो लेकमा भेडी गोठ बस्छन् । त्यो वेला यहाँ भेडा, बाखा, भैंसी, गाई अनि घोडाहरू पनि हुन्छन्। भेडाका बगाल अनि गोठले यहाँको सुन्दरतालाई झन मनमोहक बनाउने गर्छ ।

चौरी लेकको लेकाली भाग अत्यन्तै रमणीय रहेकाले पर्यटकहरुको आकर्षक थलो हुने देखिन्छ । यहाँबाट हिमालको रमणीय दृश्य हेरेर आनन्द लिन सकिन्छ । यहाँ खासगरी वर्षायानमा पशु चराउन बुकी पाटन भएको र यस स्थानमा बुकी लगायतका विभिन्न जातका फलफूल फूल्ने भएकाले अति रमणीय हुनुका साथै यो भूभाग अग्लो स्थानमा रहेकाले चारैतिर देख सकिन्छ। प्राकृतिक तथा भौगोलिक सुन्दरताले भरिपूर्ण यो ठाउँमा पर्या पर्यटनको राम्रो सम्भावना रहेको छ। अहिले यहाँको पर्यटन प्रवर्द्धन गर्न र चौरी लेक भ्रमण गर्ने आन्तरिक तथा बाह्य पर्यटकको सहजताका लगभूमे गाउँपालिकाले कोइपासम्म मोटर बाटो निर्माण गरेको छ ।

कोइपाबाट चौरी लेक पुग्न करिव २ घण्टा नावें लाग्छ। चौंरी लेक जाने पर्यटकहरु अघिल्लो दिन रुकुम पूर्व र बाग्लुङको सिमाना पातिहाल्लोमा बास बस्न सक्छन्। करिव ३१ सय मिटर उचाइमा अवस्थित पातिहाल्ने भञ्ज्याङमा खान र बस्नका लागि होटेलको व्यवस्था छ । यहाँबाट तिलाचन, कोठीभिर, जन्तरे सजिलै पुग्न सकिन्छ भने मोटरबाटो पछ्याएर बुर्तिबाङ हुँदै ढोरपाटन पनि सजिलै पुग्न सकिन्छ ।

समथर भू-भागदेखि उच्च पहाडसम्म फैलिएको रुकुम जिल्लामा अनगिन्ती धार्मिक तथा पर्यटकीय गन्तव्य छन् । तर, प्रचार प्रसारको अभाव र पूर्वाधार निर्माण नहुँदा धेरै सम्भावना बोकेका ती गन्तव्य ओझेलमा परेका छन् । यसरी ओझेलमा परेका पर्यटकीय स्थलहरुमा स्थानीय सरकार आएपछि भने केही परिवर्तन हुन थालेको छ । स्थानीय सरकारले आफ्नो पालिकाभित्र पर्यटकीय सम्भावना भएका क्षेत्रहरुको खोजी गर्दै तिनको संरक्षण, प्रवर्द्धन र पूर्वाधार निर्माणमा चासो देखाउँदा थोरै भए पनि पर्यटकीय क्षेत्रका रुपमा विकास हुन थालेका छन्।

Facebook Comments