• २५ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
फ्रेन्ड्स वेल फेयर फण्डलाई २ को विरुद्ध ३ गोलले पत्रकार महासंघ दाङ विजय




दाङ, पुस ७ । फ्रेन्ड्स वेल फेयर फण्ड घोराहीको तेस्रो साधारणसभा अवसरमा नेपाल पत्रकार महासंघ दाङ शाखासंग मैत्रीपूर्ण फुटबल प्रतियोगीता सम्पन्न भएको छ  ।

सनिवार विहान घोराही–१७ ढिकपुर खेल मैदानमा भएको खेलमा पत्रकार महासंघको टोली २ का बिरुद्ध ३ गोलले बिजयी भएको छ । पत्रकार महासंघ लाई विजय बनाउन  सुप्रिम प्रियासनले २ र सुशील चौधरीले एक गोल गरेका थिए भने फ्रेन्ड्स वेल फेयर फण्ड तर्फबाट पुरन सोति मगर बिरेन्द्र चौधरीले समान एक- एक गोल गरे पनि  हार बाट जोगिन सकेन ।

 

प्रतियोगिताको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ दाङका निवर्तमान अध्यक्ष एवं घोराही बनाऔं अभियानका संयोजक सविन प्रियासलने खेलको विकास बिना घोराही समृद्ध र विकसित हुन नसक्ने धारणा राख्नुभयो । नेपाल पत्रकार महासंघ दाङ शाखा सचिव आरेक शितलले खेल क्षेत्रको विकासका लागि पत्रकारहरुले भूमिका खेलिरहेको बताउनुभयो साथै उहाँले यो फण्ड जुन लक्ष्य लिएर खोलिएको त्यो पूरा होस समेत शुभकामना दिनु भयो ।

फ्रेन्ड्स वेल फेयर फण्डको हरेक बर्ष विभिन्न काम गर्दै मनाउदै आएको र यस बर्ष फुटबल प्रतियोगिता राखेको फण्ड्का का. अध्यक्ष  नविल कुमार वलीले बताए साथै का. अध्यक्ष वलीले खेलले सद्भाव र भाइचाराको सम्बन्ध गराउने माध्यमका रुपमा रहेको र  खेलले सबैलाई मिलन गराउने भन्दै मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना गरेको समेत बताए  ।

फ्रेन्ड्स वेल फेयर फण्डका अध्यक्ष नविल कुमार वलीको अध्यक्षत्ता एवं नेपाल पत्रकार महासंघ दाङका निवर्तमान अध्यक्ष एवं सविन प्रियासनको प्रमुख अतिथि भएको उद्घाटन कार्यक्रमको सहजीकरण सह-सचिव गणेश पौडेल गरेका थिय  ।

Facebook Comments