• २८ चैत्र २०८२, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
मानव कल्याण समाज सेवा घरमा दन्त शिविर




दाङ । मानव कल्याण समाज ‘सेवा घर’मा शुक्रवार दन्त शिविर सम्पन्न गरिएको छ । मानसिक एवं शारिरिक रुपमा अशक्त सेवाघरमा आस्ति बेसाहाराहरुको दन्त रोग परिक्षणसँगै दन्त उपचार गरिएको छ ।

‘मानव सेवा नै धर्म हो ’ भन्ने मुुल मर्मलाई आत्मसाथ गर्दै घोराही क्षेत्रमा क्रियाशिल विभिन्न स्वास्थ्यकर्मीहरुको सक्रियतामा शिविर सम्पन्न गरिएको हो । शिविरमा सेवा घरका ४५ जना महिला पुुरुष तथा वालवालिकाहरुको दन्त परिक्षण गरिएको थियो ।

पन्थी डेन्टल क्लिनिक कार्यरत डा. बबिन कर्मचार्य, क्लिनिकका प्रवन्धक हुमलाला पन्थी , मिना बुढा र खिम नरेश बुढाथोकी मेमोरियल अस्पताल घोराहीमा कार्यरत फार्मासिष्ट सुन्दरी विश्वकमामिना बुढा मगरले प्राविधिक सहयोग सहितको सेवा र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत स्टोर इन्चार्ज तथा फार्मासिष्ट कृष्ण जोशी र अशोक सुवेदीले आवश्यक औषधी व्यवस्थापन गरी सेवाघरमा एकदिने दन्त शिविर संचालन गरिएको मानव कल्याण समाज सेवा घर नारायणपुर शाखा व्यवस्थापक सुुस्मिता मानवले जानकारी दिनुुभयो ।

मानसिक रुपमा अस्वस्थ सेवा घरमा आश्रित बेसाहाराहरुको स्वास्थ्यवस्था सुधारोन्मुख गराई स्वस्थ्य बनाउने उद्देश्यले घोराहीमा कार्यरत क्रियाशिल स्वास्थ्यकर्मी तथा निजि अस्पताल संचालकहरुले सामूहिक रुपमा शिविर संचालन गरी सेवाघरमा आश्रितहरुको सेवा गरिएको हो ।

मानव कल्याण समाज सेवा घरकी व्यवस्थापक सुुस्मिता मानवको अध्यक्षता तथा घोराही उपमहानगरपालिका वडा नं. १० वडाध्यक्ष दीपक पाण्डेको प्रमुख आतिथ्यता एवं दन्त रोग विशिषज्ञ डा. बबिन कर्मचार्यको र पन्थी डेन्टल क्लिनिक घोराहीका प्रवन्धक हुमलाल पन्थीको विशिष्ट आतिथ्यतामा शिविर उद्घाटन गरिएको थियो ।

शिविर उद्घाटन गर्दै घोराही उपमहानगरपालिका वडा नं. १० वडाध्यक्ष दीपक पाण्डेले बेसाहाराहरुको सेवा नै मानव धर्मको सेवा रहेको चर्चा गर्नुुभएको थियो । बेसाहाराहरुको सेवा नै पुुण्य प्राप्तीको कर्म रहेकाले शिविरमा आयोजक र शिविर सेवकप्रति धन्यावाद ज्ञापन गर्नुुभएको थियो ।

Facebook Comments