प्युठान । प्युठानको स्वर्गद्वारी नगरपालिका–५ आँपडाँडामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य ५ जना घाइते भएका छन्।
मृत्यु हुनेमा स्वर्गद्वारी– ५ डाँडागाउँकी ६८ वर्षीय झमी घर्ती मगर रहेको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी हुमानन्द खनालले जानकारी दिनुभयो।
खनालका अनुसार दुर्घटनामा घाइते भएका आँपडाँडामा बस्ने ५६ वर्षीया चुराकुमारी घर्ती मगर, ४० वर्षीय अर्मी घर्ती मगर र रोल्पाको सुनिल स्मृति गाउँपालिका–४ बस्ने २४ वर्षीय टोपबहादुर रोका मगरलाई थप उपचारको लागी भैरहवा रिफर गरिएको छ।
दुर्घटनाग्रस्त जिपका चालक डाँडागाउँका कविराज र कृष्णको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । लु २ च ६१ नम्बरको जिप अनियन्त्रित भएर सडकबाट २० मिटर तल खसेको छ ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।

