• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
पीएम कप राष्ट्रिय महिला क्रिकेटमा लुम्बिनीको विजयी सुरुवात




काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको पहिलो दिन बिहीबारको अन्तिम खेलमा लुम्बिनी प्रदेशले गण्डकी प्रदेशलाई चार विकेटले हराएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको गण्डकी प्रदेशले निर्धारित ओभरमा चार विकेट गुमाएर एक सय दुई रन बनाएको थियो ।

जवाफी ब्याटिङमा ओर्लिएको लुम्बिनी प्रदेशले भने १७ ओभरमै ६ विकेट गुमाएर विजय लक्ष्य पुरा गरेको थियो । लुम्बिनी प्रदेशका लागि ओपनर लक्ष्मी चौधरीले ४२ रनको योगदान गरिन् । उनले ४४ बलको सामना गरी एक छक्का र चार चौका हिर्काइन् ।

कप्तान सरस्वती जीएमले १२ रन जोडिन् । लुम्बिनी प्रदेशले अतिरिक्त रुपमा २३ रन पाएको थियो । गण्डकी प्रदेशकी बलर सृष्टि जैसीले दुई विकेट लिइन् । सुमन खतिवडा र कुशुम गोदारले पनि एक–एक विकेट हात पारे ।

त्यसअघि कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको गण्डकी प्रदेशका लागि ओपनर अञ्जली विश्वकर्माले ३० रनको योगदान गरिन् । उनले ५१ बलको सामना गरी चार चौका पनि हिर्काइन् ।

अर्की ओपनर सृजना पौडेलले २३ बलमा तीन चौकाको मद्दतले १९ रन बनाइन् । सुमन खतिवडाले टोलीको खातामा अविजित ३३ रन थपिन् । पाँचौँ नम्बरमा क्रिज समाल्न आएकी सुमनले केवल १८ बलमा पाँच चौका प्रहार गरिन् ।

सिमाना केसी दुई र ज्योत्सनिका मरासिनी पाँच रनमा आउट भए । सृष्टि जैसी दुई रनमा पेभेलियन फर्किइन् भने कप्तान कुसुम गोदार एक रनमा अविजित रहिन् । गण्डकी प्रदेशले अतिरिक्त रुपमा १० रन पायो । लम्बिनीका बलर कमला जीएम, सरस्वती पुन र मधु डीसीले एक–एक विकेट लिए । प्रधानमन्त्री कपमा सातवटै प्रदेशको टोलीका अतिरिक्त एपीएफ क्लबको पनि सहभागिता रहेको छ ।

Facebook Comments