• २९ आश्विन २०८३, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
रुकुमपश्चिममा ट्याक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु, ९ जना घाइते




रुकुमपश्चिम ।  रुकुमपश्चिममा ट्याक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।

दुर्घटनामा आठबीसकोट–१० का ४६ वर्षीय लोकबहादुर शाही, उहाँकी श्रीमती ४२ वर्षीया लुकी शाही, ४८ वर्षीय धनराम सार्की, ५२ वर्षीय भर्दर सार्की र ४७ वर्षीया निर्मला सार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ ।

घाइते हुनेहरुमा आठबीसकोटकै खड्कबहादुर पुन, रमेश सार्की, दलबहादुर पुन, कुमारघर्ती, रमा गुरुङ, जगवीर सार्की, जयबहादुर घर्ती, मने सार्की र मदन पुन रहेको र उनीहरुको नगर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

जस्तापाता बोकेर आठबीसकोट ८ को घर्तीगाउँ जाँदै गरेको रा १ द १४ नम्बरको ट्याक्टर कोट च्यारीगाउँ खोला नजिकै घुम्ती मोड्न खोज्दा गएराराति दुर्घटना भएको हो ।

Facebook Comments