• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
प्याब्सन घोराही रनिङ शिल्ड पुस ७ गतेदेखि सञ्चालन हुने




घोराही । घोराहीमा दोस्रो प्याब्सन घोराही रनिङ सिल्ड २०८० सञ्चालन हुने भएको छ । आयोजक घोराही प्यावसनले पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको बारेमा जानकारी दिएको हो । प्रतियोगिता यही पुस ७ गतेदेखि ९ गतेसम्म सञ्चालन हुने प्यावसन घोराही नगरका अध्यक्ष बिरेन्द्र चन्द्रले जानकारी दिए ।

‘खेल जीवनको अभिनको अभिन्न अङग हो’ भन्ने नाराका साथ प्रतियोगी हुन थालेको उनले जानकारी दिए । प्रतियोगितामा भलिबल, कपदी, दौड, रिले दौल, लङ जम्प, ट्रिपल जम्प, हाइ जम्प, सटफुट, ज्याब्लिङ, थ्रो खेल हुने अध्यक्ष चन्द्रले जानकारी दिए ।

कक्षा ७ सम्मका लागि दौड, लङजम्प, स्याक रेस, स्पुन रेस, स्पुन र मार्वल रेस प्रतियोगीता हुने भएको छ । प्रतियोगिता घोराही भरतपुर खेल मैदानमा हुने अध्यक्ष चन्द्रले बताए । प्रतियोगीतामा सहभागि हुने विद्यालयहरुले पुस ६ गते सम्म टिक दर्ता गरी सक्नु पर्ने उनले बताए । हाल सम्म ४८ वटा विद्यालयहरुले टिम दर्ता गराइ सकेका छन् ।

विद्यार्थीहरुलाई खेलमा लाग्न अभिप्रेरित गर्ने सिक्ने र खेल्ने असक्षमता भएका विद्यार्थीहरुलाइ उनीहरुको खेल खेल्ने सीपलाइ सफल वनाउने उच्च तहको लागि तयार पर्ने सीप विकास गर्न प्रतियोगीताको उदेश्य राखिएको छ । विद्यार्थीहरुले आफनो खेल सम्वन्धी क्षमताको गतिमा गति दोव्वर वनाउने र दश कक्षा सम्म आफनो खेल्ने सीप वृद्धि गर्ने, खेल नै जिवनको अभिन्न अङग भन्ने मान्यता स्थापित गर्ने, विद्यार्थीहरुलाइ अनुशासनमा बाधने कडि खेल हो भन्ने वुझाउन, चरित्र निर्माण गर्ने साध्य खेल हो भन्ने वोध गराउने उद्देश्य रहेको उनले बताए ।

प्रतियोगितामा विद्यार्थीहरुका साथै अभिभावकहरुको समेत सहभागिताका लागि प्याब्सनले अनुरोध गरेको हो । प्रतियोगिता सञ्चालनका लागि करिव ५ लाख बढी खर्च हुने अनुमान आयोजकले गरेको छ ।

अघिल्लो वर्षदेखि प्यावसले यस प्रकारको प्रतियोगीता आयोजना गर्न थालेको हो । त्यस अवसरमा प्रेस काउन्सिलका सदस्य शरद अधिकारी, नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष दुर्गालाल केसी, महासंघका सल्लाहाकार सविन प्रियासन घोराही उप महानगरपालिका खेलकुद विकास समितिका संयोजक नरेन्द्र पुन लगायतकाले भनाइ राखेका थिए ।

 

Facebook Comments