• २८ चैत्र २०८२, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
लुम्बिनी र कर्णाली प्रदेशस्तरीय दुुईदिने आरबिटर तालिम घोराहीमा हुने




घोराही । बुद्धिचाल संघ दाङको आयोजनामा लुम्बिनी र कर्णाली प्रदेशस्तरीय दुुईदिने आरबिटर तालिम घोराहीमा संचालन हुुने भएको छ । ‘‘स्वास्थ्यका लागि खेल, राष्ट्र्रा लागि खेल’’’भन्ने मुल मर्मलाई आत्मसाथ गर्दै पुुष ५ र ६ गते दुुईदिने प्रशिक्षण कार्यक्रम सम्पन्न हुुन लागेको संघका जिल्ला अध्यक्ष अनिल शेरपाईलीले जानकारी दिनुुभयो ।

सोमवार घोराहीमा संघका अध्यक्ष अलिन शेरपाईलीको अध्यक्ष तथा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुुर्गालाल केसीको प्रमुख अतिथ्यता एवं संघका लुम्विनी प्रदेशका उपाध्यक्ष दिनेश थापाको विशिष्ट आतिथ्यतामा सम्पन्न पत्रकार सम्मेलन सम्पन्न भएको थियो ।

पत्रकार सम्मेलनमा संघका जिल्ला अध्यक्ष शेरपाईलीले लुम्विनी र कणर्ाली प्रदेशका ७० जना प्रशिक्षार्थी सहभागी हुने जानकारी दिनुुभयो । तालिमको उद्घाटन लुम्विनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले गर्ने कार्यक्रम तय भएको पत्रकार सम्मेलन मार्फत जनाएको छ ।

बुद्धिचाल खेल बौद्धिक र सबै उमेर समूहले खेल्न सक्ने खेल भएकाले यसको सामाजिक जागरण जागरुकता पैदा गर्ने उद्देश्यले तालिम संचालन गर्न लागिएको अध्यक्ष शेरपाईलीले पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभयो । पत्रकार सम्मेलनका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दुुर्गालाल केसीले बुद्धिचाल खेल बौद्धिक खेल रहेकाले यस बारे आम नागरिक जानकार बन्न आवश्यक रहेकाले आयोजक संस्थालाई धन्यावाद ज्ञापन गर्नुुभएको थियो ।

Facebook Comments