• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घोराही-१२ मा वडा अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु




घोराही । घोराही उपमहानगरपालिका-१२ मा वडा अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु भएको छ।

घोराहीमा हुने छैठाै संस्करणकाे मेयर कप फुटबल प्रतियोगिताका लागि वडा न १२ मा तयारी स्वरुप मंगलबार देखि वडा अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु भएको हो । प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरु यहि पुस २० गतेदेखि सुरु हुने छैठौ संस्करणकाे मेयर कप फुटबल प्रतियोगितामा सहभागी हुनेछन् ।

घोराही-१२ वडा कार्यालयको आयोजनामा हापुर बिजौरी खेल मैदानमा प्रतियोगिता सुरु भएको हो। खेल संयोजक तथा वडा सदस्य बुद्धि शर्माको अध्यक्षता तथा वडा अध्यक्ष दोर्ण बहकरीको प्रमुख आतिथ्यता एवं नगर खेलकुद बिकास समिति घोराहीका संयोजक नरेन्द्र पुनको बिशिस्ट आतिथ्यतामा सुरु भएको प्रतियोगितामा वडाका ८ वटा फुटबल टिमहरुको सहभागीता रहेको छ ।

प्रतियोगिताका खेलहरु लिग कम नकाउटका आधारमा खेलाइने छ । मंगलबार भएको खेलहरुमा गुर्जे `ए´ टिमले रमना `बि´लाई ३-० गोलले पराजित गर्दा दोस्रो खेलमा रमना `ए´ टिम र रतनपुरबिच १/१ गोल भएको थियोे । खेल शुक्रबारसम्म सन्चालन हुने जानकारी एन्फा प्रशिक्षक,रेफ्री तथा छनोट समिति सदस्य बिनोद बिकले जानकारी दिएका छन् ।

वडा सचिव लिलाजित नेपालीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यकमको सन्चालन बिनोद बिकले गरेका थिए ।

Facebook Comments