• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
आइपिएल अक्सन आज, परेनन् आशा गरिएका नेपाली खेलाडी




सन् २०२४ मा हुने इन्डियन प्रिमियर लिग (आइपिएल) को अक्सन अर्थात् खेलाडीहरूको लिलामी आज हुँदैछ। बीसीसीआईले अक्सनका लागि सार्वजनिक गरेको ३३३ खेलाडीको सूचीमा कुनै पनि नेपाली खेलाडीको नाम समावेश छैन।

नेपालले भारत र पाकिस्तान जस्ता टिमसँग एसिया कप, इमर्जिङ एसिया कप अनि एसियन गेम्समा खेलेकाले पनि नेपाली खेलाडी पर्ने आशा राखिएको थियो त्यति बेला भारतीय मिडियाहरूले नेपाली खेलाडी सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, कुशल भुर्तेल लगायतका खेलाडीको प्रशंसा गर्न कुनै कन्जुस्याइँ गरेका थिएनन्। ऐरीले एसिया कपमा मंगोलियाविरुद्ध ९ बलमा अर्धशतक बनाएपछि उनको चर्चा झनै चुलिएको थियो।

अहिले आइपिएल–२०२४ मा एसोसिएट राष्ट्रबाट दुई खेलाडी मात्र अक्सनको सूचीमा छन्। जसमा नामिबियाका डेबिड वाइजा र नेदरल्याण्ड्सका पउल भान मिकेरेन सामेल छन्।

संयुक्त अरब इमिरेट्स (दुबई) मा आज हुने अक्सनमा विश्वभरका ३३० जना खेलाडी सहभागी हुँदैछन्। खेलाडीहरूको लिलामी स्थानीय समय अनुसार दिउँसो १ बजेबाट सुरु हुनेछ।

 

Facebook Comments