घोराही । दाङको घोराहीमा रहेको अम्बिकेश्वरी क्याम्पसले क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई अभिमुखीकरण तालिम दिएको छ ।
क्याम्पसले सोमबार घोराहीमा एक कार्यक्रमको आयोजना गरी बिएस्सी, सिएसाइटी, बिआइएम र बिसिए २०८० ब्याचमा भर्ना भएका नवागंतुक विद्यार्थीलाई स्वागत गर्दै अभिमुखीकरण तालिम दिएको हो ।
क्याम्पसका क्याम्पस प्रमुख चन्द्रप्रकाश खनालको अध्यक्षता एवं त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि संकायका सहायक डीन प्रोफेसर डा. महेन्द्र महर्जनको प्रमुख आतिथ्यता भएको कार्यक्रममा प्रमुख अतिथि महर्जनले आइटी सम्बन्धीका कार्यक्रमलाई सहजीकरण गर्ने बताए । उनले टियूबाट सञ्चालन हुने परीक्षा र पढाइलाई व्यवस्थित बनाउने भन्दै आइटी अध्ययनरत विद्यार्थीहरुलाई रोजगारीको समस्या नहुने कुरामा जोड दिए ।
त्रिभुवन विश्वविद्यालयले अन्तरास्ट्रियस्तरको अध्ययन र अध्यापनलाई विषेश जोड दिएको प्रोफेसर डा. महेन्द्र महर्जन भनाइ छ ।
त्यसैगरी नेपाल पत्रकार महासंघ दाङ शाखाका निवर्तमान अध्यक्ष सविन प्रीयासनले हरेक विद्यार्थीले पढेर र लेखेर आफ्नो समाज र देशलाई परिवर्तन गर्नतर्फ अग्रसर हुनुपर्ने बताए । उनले विज्ञान तथा प्रविधिको युगसँगै आइटी क्षेत्रको दायरा असीमित हुँदै गएको भन्दै अम्बिकेश्वरी क्याम्पसले दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने कुरामा जोड दिए ।
त्यस्तै क्याम्पसका कोर्डिनेटर द्रोण खड्का, राजसिंह जोरा र नवराज वस्यलले क्याम्पसको विविध विषयमा जानकारी दिँदै देशलाई आवश्यक पर्ने आइटी सम्बन्धी दक्ष जनशक्ति उत्पादन गर्दै आइरहेको कुरामा जोड दिएका थिए ।
कार्यक्रममा डा. लोकराज पराजुली, कोटिभिटी नेपालका आइटी म्यानजर विष्णु रावल,वालकृष्ण सुवेदी लगायतले समग्र शिक्षाका विषयामा आफ्ना कुरा राखेका थिए ।
अम्बिकेश्वारी क्याम्पसका स्ववियु सभापति रणबहादुर खड्काले विद्यार्थी हकहित र अधिकारीका बारेमा जानकारी गराएका थिए । कार्यक्रमलाई थप व्यास्थित बनाउनको लागि गीत तथा नृत्यहरु प्रस्तुत गरिएको थियो।
क्याम्पसक प्रध्यापक ॠचा शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण क्याम्पसका डाइरेक्टर वसन्त प्रसाद रिजालले गरेका थिए ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
