• १७ बैशाख २०८३, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
गढवामा मोटरसाइकल दुर्घटना, एकको मृत्यु, दुईजना घाइते




आलोक भावुक
गढवा । गढवा गाउँपालिका वडा नम्बर ६ बालापुरमा आइतबार दुई मोटरसाइकल एक आपसमा ठोक्किदा दुर्घटना भएको छ।

मोटरसाइकल दुर्घटनामा परी रा ५ प ३४२५ नम्बरको मोटरसाइकलमा सवार गढवा ६ हांसीपुर घर हुने अन्दाजी १९ वर्षीय भतिजा प्रविन चौधरीको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक नविन वलीले जानकारी दिनुभएको छ।

त्यसैगरी दुर्घटनामा परी रा ५ प ३४२५ मोटरसाइकल सवार अत्तवारी यादव भनेर चिनिने मोहन कुमार यादव घाईते भएका छन्। घाइते यादवको कोहलपुर मेडिकल कलेजमा उपचार भैरहेको र अवस्था खतरा मुक्त रहेको पारिवारिक स्रोतले जानकारी दिएको छ। त्यसैगरी रा ३ प ८७२९ नम्बरको मोटरसाइकल चालक गढवा गाउँपालिका वडा नम्बर ६ हांसीपुर निवासी अन्दाजी २७ बर्षिय कमल चौधरीको आखामा चोट लागेको र लमही आँखा अस्पतालमा उपचार डिस्चार्ज भएको प्रहरीले बताएको छ।

मोटरसाइकल चालक चौधरीलाई इलाका प्रहरी कार्यालय गढवाले आफ्नो नियन्त्रणमा राखेको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक नविन वलीले जानकारी दिनु भएको छ।

आइतबार दिउँसो करिब १:४५ बजे मोटरसाइकल दुर्घटना भएको हो।

Facebook Comments