• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
पत्रकार महासंघ दाङको स्थापना दिवसमा विविध प्रतियाेगिता सम्पन्न, भाेली रक्तदान




घोराही । नेपाल पत्रकार महासंघ दाङको ३१औँ स्थापना दिवशको अवसरमा आइतबार बेल्झुण्डी रंगशालामा पत्रकारहरुबीच मैत्रीपूर्ण फुटबल प्रतियोगीता सम्पन्न भएको छ ।

जिल्लामा क्रियाशील पत्रकारहरुबीच दाङको धार्मिक एबं पर्यटन जंगलकुटी र रिहार नामकरण गरि २ टिम बिभाजन गरि मैत्रीपूर्ण फुटबल प्रतियोगीता भएको हो ।

जस्मा जंगलकुटीलाई ३ को विरुद्ध ५ गोलले रिहार टिम बिजय भएको छ । पहिलो हाफमा ३-१ गोलको अग्रता लिए पनि दोस्रो हाफमा समालिन नसक्दा ५-३ले हार ब्यहोर्न पुग्यो जंगलकुटी।

रिहारलाइ जित दिलाउन बिनोद बिकले उत्कृष्ट खेल खेल्दै ह्याटि्रक गरेका थिय भने आर.के. शीतल र हिमाल महराले समान एक एक गोल गरेका थिए । जंगलकुटी तर्फबाट आदित्य केसि २ र एउटा उपहार गोल पाएको थियो । जंगलकुटिको नेतृत्व शालिकराम चौधरी र रिहारको नेतृत्व आर.के.शीतलले गर्नु भएको थियो ।

साे अवसरमा कुर्सीदौड र घैटो फोड प्रतियोगिता भएको थियो जस्मा कुर्सी दौड प्रतियोगितामा तुलसिपुर खबर डटकममा कार्यरत रिता केसि प्रथम हुनुभएको छ भने घैटो फोड प्रतियाेगीतामा पत्रकार पुर्ण विवश कुसारी प्रथम हुनुभएकाे छ ।

नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष सन्तोष सुवेदीको अध्यक्षता एवं सल्लाहकार सुदीप गौतमको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको सहजीकरण सचिव आर.के.शीतलले गर्नुभएको थियो ।

प्रतियोगीतामा दाङ जिल्ला खेलकुद बिकास समितिको प्राविधीक सहयोग गरेको थियो भने डिएन दाहालले रेफ्रीको भूमीका निर्वाह गर्नुभएको थियो ।

स्थापन दिवसमा प्रत्येक बर्ष विभिन्न कार्यक्रम गरि मनाउने गरेकाे छ । यस बर्ष पनि विभिन्न कार्यक्रम गरि मनाउन लगेको र पहिलाे दिन फुटबल, कुर्सीदौड र घैटा फोड प्रतियोगिता सम्पन्न भएकाे र दाेस्राे दिन भाेली साेमवार रक्तदान कार्यक्रम आयोजना गारिएको महासंघका सचीव आर.के. शीतलले जानकारी दिनुभयो । साथै रक्तदान कार्यक्रममा उपस्थित हुन उहाँले सम्पूर्णमा अनुराेध पनि गर्नुभएकाे छ ।

Facebook Comments