• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घोराही १० वडा कपको उपाधी लालिगुँरासलाई




नारायणपुर। घोराही उपमहानगरपालिका वडा नम्बर १० को आयोजनामा सञ्चालित वडा कप–२०८० को उपाधी लालिगुँरास टोलले जितेको छ ।

वडा कार्यालयको आयोजनामा सञ्चालन भएको वडा कपको फाईनल खेलमा ठाँटीगाउँ टोल विकास संस्थालाई १ का विरुद्ध ३ गोलले पराजित गर्दै लालिगुँरास टोल विकास संस्थाले उपाधी जितेको हो । जन जागृति मावि लमडरुवाको खेलमैदानमा भएको फाईनल खेलको पहिलो हाफमा लालिगुँरास एक शुन्यले अगाडी रहेको थियो ।

जर्सी न. १० का अनुप घर्ति मगरले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा ठाँटीगाउँको तर्फबाट जर्सी न. ७ का दोर्ण योगीले गोल गरेर खेललाई बराबरी गरे । निकै प्रतिस्पर्धात्मक खेलको अन्तिम समयमा लालिगुँरास टोलले थप दुई गोल गर्दै एकका विरुद्ध तीन गोलले बिजयी भएको हो । जसमा जर्सी न. ३२ का सागर पुनले लगातार दुई गोल गरेका थिए ।


बिजेता र उपबिजेता टिमलाई नगद, मेडल, ट्रफि र प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगिताका उत्कृष्ट गोलकर्ता सागर पुन र सरद विष्ट, उत्कृष्ट मिफिल्डर दोर्ण योगी, उत्कृष्ट गोलरक्षक जुद्धबहादुर डाँगी, उत्कृष्ट डिफेन्डर योगेश बाँठा मगर, उत्कृष्ट फरवार्ड शिशिर पुन मगरलाई प्रमाणपत्र र मेडल प्रदान गरिएको थियो । प्रतियोगीताको रेफ्रीमा खुमबहाखुर पुन, बिनोद बि.क, डिएन दाहाल र आदित्य के.सी रहनुभएको थियो ।

वडा अध्यक्ष दिपक पाण्डेको अध्यक्षतामा भएको प्रतियोगीता समापन कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका सचिव आर.के.शीतल, जनजागृति मावि लमडरुवाका शिक्षक प्रधान चौधरी, समाजसेवी गिरिराज वली, प्रतियोगीताको व्यवस्थापकहरु खुम वली, नारायण विष्ट लगायतले मन्तव्य राख्नुभएको थियो ।

Facebook Comments