• २१ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
आफ्नो आत्म सन्तुष्टिको लागि भुमिका गिरीले ल्याइन “टिपौं त भिरैमा” बोलको गीत




दाङ । नेपाली लोकदोहोरी क्षेत्रकी चर्चित लोदोहोरी गायिका भूमिका गिरी र सागर आलेको स्वरमा रहेको ‘टिपौं त भिरैमा’ बोलको सालैजो गीत बजारमा आएको छ ।

गायिका भूमिका गिरी र सागर आलेको सुमधुर आवाजमा  राजु गुरुङको शब्द सिर्जनामा रहेको गीत  राकेश सोनीले एरेन्ज गरेका छन् । लवसन गुरुङ्गको निर्देशनमा भुमिका गिरी, गणेशमान घले , रजनी गुरुङ्ग ,  मनोज गुरुङ्ग र साजन थापाको अभिनय रहेको गितको भिडियो भूमिका गिरीकै आफ्नै  युटुब च्यानलबाट सार्बजनिक भयको हो  ।

गायन तथा मोडलिङ क्षेत्रमा उत्कृष्ट प्रतिभा भएकी भूमिका स्टेज ‘क्विन’ को रुपमा परिचित छन्  । उनलाई स्वदेश तथा विदेशमा हुने सांगितिकि कार्यक्रममा जान भ्याइ/नभ्याइ हुने गर्छ । सानैदेखि यस क्षेत्रमा लागेकी उनका प्राय गीतहरु धेरै चर्चित छन् ।

भुमिका भन्छिन यो गीत मेरो खुसीकोको लागि लिएको र आफ्नो आत्म, हृदय खुसी छ मेला महोत्सवमा मेरो आफ्नै सालैजो गीतपनि छ भनेर गाउन पाउछु त्यसैले यसको मुल्याङकन् भ्युजको आधारमा नहोस् ।

भुमिकाको ‘उजेली जुनेली , देउरालीमा, रंग रसैमा, चोली मैलो भो, बुट्टा भरेको , तिउन मिठो बनायो चुकैले , हङकङको चुरोट गोरखपुरको सलाई’ लगायतका धेरै गीत लोकप्रिय छ ।

Facebook Comments