• ३ बैशाख २०८३, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
न्याय नपाएपछि टायर बालेर सडकमा उत्रिए मृतकका आफन्त




घाेराही।दाङमा टिप्परको ठक्करबाट ज्यान गुमाएका दुई युवाका अाफन्तले न्याय नपाएको भन्दै घाेराहीकाे तुलसीपुर चाेकमा बिहानैदेखि सडकमा टायर बालेर अान्दाेलनमा उत्रिएका छन् ।

प्युठानको झिमरुक गाउँपालिका ४ बाङ्गेका वर्ष १८ का विशाल जिसी र नौबहिनी गाउँपालिका लुङका १८ वर्षका सागर केसी सवार रा २ प ५५८९ नम्बरको मोटरसाईकललाई रा १ क १३०७ नम्बरको टिपरले ठक्कर दिएपछि ज्यान गएको थियाे । मृत्युु भएपछि पीडित परिवारले पाउनुपर्ने उचित क्षतिपूर्ति, काजकिरिया खर्च तथा माेटरसाईकल नयाँ पाउनुपर्ने मागलाई सम्बन्धित पक्षले बेवास्ता गरेपछि अाफुहरु बाध्य भई सडक संघर्षमा उत्रिएकाे संघर्ष समिति संयाेजक एवम् झिमरुक गाउँपालिका उपाध्यक्ष प्रमाेद पाेख्रेलले जानकारी दिनुभयो ।

उहाँले टिपर व्यवसायी र पीडित पक्षबीच शनिबार दिनभर भएको वार्तामा टिपर व्यवसायी समितिले अवहेलना गर्दै पाँच-पाँच लाख बिमा वापतकाे रकम र किरिया खर्च बापत पचास हजार रुपैयाँ मात्रै दिने भनेपछि अाफुहरु माथि अन्याय भएको महसुस गरि अान्दाेलनमा उत्रिएको बताउनुभयो ।

‘मामा भान्जाहरु एकै चिहान भएका छन् । मरेर जानेहरु फर्किन सक्दैन् । परिवारमा पीडा परेकाे छ । याे बेलामा सहानुभूति समेत नदेखाएर उपेक्षा गरेर अन्याय गरिएको छ’ संयाेजक पाेख्रेलले भन्नुभयाे ‘याे बेलामा प्रहरी प्रशासनले पनि खासै चासाे देखाएकाे छैन । हामी पीडामा छाैँ । याे बेलामा हामीलाई न्याय चाहिएकाे हाे, पीडा चाहिएकाे हाेईन ।’

शनिबार दिनभर बसालेर अाफुलाई न्याय दिनुकाे साटाे बेवास्ता गर्दै लास लैजानुस्, बिमा र किरिया खर्च पचास हजार दिन्छौं भनेर थप चित्त दुखाउने काम गरेकाे उहाँले बताउनुभयाे ।
मृतकका दाजु राजेश जिसीले क्षतिपूर्ति बापत १०-१० लाख पाउनुपर्ने, किरिया खर्च पचास- पचास हजार पाउनुपर्ने, नयाँ माेटरसाईकल पाउनुपर्ने, मृतकका नाममा स्मारक बनाउनुपर्ने तथा शवलाई प्युठान पुर्याई दिनुपर्ने अाफुहरुकाे माग रहेकाे बताउनुभयो ।

तुलसीपुरबाट घोराही जाँदै गरेको टिपरले दुई युवक सवार मोटरसाईकललाई घोराही १० झारबैरा चोकमा शुक्रबार राति सवा १० बजेतिर ठक्कर दिएको थियो । घाइते दुवैजनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । टिप्पर चालक रोल्पा रुन्टीगढी ९ का वर्ष २६ का ईश्वर बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतककाे शव राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे शव गृहमा राखिएको छ ।

Facebook Comments