• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
एक दिने क्रीकेट अम्पायरीङ तथा स्कोरिङ सम्बन्धि तालिम सम्पन्न




दाङ । दाङ जिल्ला क्रिकेट संघको आयोजनामा सनिवार एक दिने अम्पायरीङ तथा स्कोरिङ सम्बन्धि सहजीकरण तालिम घोराहीमा सम्पन्न भएको छ।

जिल्लामा रहेका अम्पायर, स्कोरर थता नयाँ अम्पायर तथा स्कोरर बन्न चाहने २४ जनाले अम्पायर र स्कोरिङ सम्बन्धि सहजीकरण तालिम लिएका थिय ।

पछिल्लो समय जिल्लामा क्रीकेट गतिविधि बडे संगै प्राबिधिको कमि भएकोले नयाँ जनशक्ति उत्पादन गर्नका लागि तालिम आयोजना गरिएको दाङ जिल्ला संघका अध्यक्ष प्रदीप मजगैयाले जानकारी दिनु भयो ।

अध्यक्ष मजगैयाले हाल जिल्ला संघमा ५ जना आधिकारिक प्राबिधिक रहेको र देउखुरी र पश्चिम् क्षेत्रमा प्राबिधिक आवस्क रहेकोले तालिम आयोजना गरिको समेत बताउनु भयो ।

उक्त तालिमको सहजीकरण अन्तरास्ट्रिय अम्पायर मन्जुल भटराईले गर्नु भएको थियो । दाङ जिल्ला संघका अध्यक्ष प्रदीप मजगैयाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि पुर्व वरिष्ठ खेलाडी एब दाङ जिल्ला क्रीकेट संघका सल्लाहकार निरन्जन राजभण्डारी रहनु भएको थियोे भने सहजीकरण संघका सचिव सन्जु केसिले गर्नु भएको थियो ।

Facebook Comments