• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
महिला क्रिकेट छनोटको उपाधि दाङलाई




दाङ । प्रधानमन्त्री कपका लागि भएको लुम्विनी प्रदेश महिला क्रिकेट छनोट प्रतियोगिताको उपाधि दाङले हात पारेको छ।

दाङको घोराही–१७ स्थित गुलरिया क्रिकेट रंगशालामा शुक्रबार भएको दाङ र रुपेन्देहीबीचको फाइनल खेलमा रुपेन्देहीलाई ७ विकेटले पराजित गर्दै दाङले उपाधि हात पारेको हो।

टस जितेर पहिला ब्याटिङ गरेको रुपेन्देहीले १९ ओभरमा सवै विकेट गुमाएर ७८ रनको योगफल तयार पारेको थियो ।

रुपेन्देहीका लागि ब्याटिङमा आष्मा मगरले २५ बलमा १६ र आचल मगरले १६ बलमा १४ रन बनाएका थिए भने अरुले दोहोरो अंक समेत छुन सकेनन् ।

दाङको बलिङमा सर्मिला रोकाले तिन , अनिता चौधरी तिन र मधु डिसीले समान दुई–दुई विकेट लिए ।

७८ रनको जवाफी लक्ष्यसहित मैदान उत्रिएको दाङको टिमले ११ दशमलव दुई ओभरमा तिन विकेट गुमाएर योगफल भेट्न सफल भएको थियो ।

दाङका लागि ब्याटिङमा लक्ष्मी चौधरीले २४ बलमा ३चौकाको मदतमा २८, कमला जिएमले १८ बलमा ९ रन बनाएका थिए ।

रुपेन्देहीको बलिङमा सुस्मिता भुषालले ३ ओभर बलिङ गरेर २३ रन दिएर ३ विकेट लिएको थिन ।

उक्त प्रतियोगितामा लुम्बिनी प्रदेशका ६ टिमको सहभागिता रहेको थियो। छनौट प्रतियोगितामा सहभागी ६ टिमबाट उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीबाट प्रधानमन्त्री कपका लागि लुम्बिनी प्रदेश स्तरीय महिला टिम छनौट क्रिकेट संघ लुम्बिनीका सचिव कैलाश रोका मगरले बताउनुभयो ।

Facebook Comments