• १५ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
गाजामा प्यालेस्टाइनीको मृत्यु हुनेको सङ्ख्या १८ हजार चार सय पुग्यो




गाजामा प्यालेस्टाइनीहरुको मृत्यु हुनेको सङ्ख्या १८ हजार चार सय पुगेको प्यालेस्टाइनले जनाएको छ ।

अक्टोबर ७ मा हमास–इजरायल द्वन्द्व सुरु भएपछि गाजामा प्यालेस्टाइनीको मृत्यु हुनेको सङ्ख्या १८ हजार चार सय नाघेको हो । साथै मङ्गलबार वेस्ट बैंकको जेनिन शहरमा इजरायली ड्रोन आक्रमणमा कम्तीमा चार प्यालेस्टाइनीको मृत्यु भएको छ ।

इजरायली सेनाले मंगलवार जेनिन शहर र यसको शरणार्थी शिविरमा छापा मारेको थियो । धेरै घण्टासम्म चलेको सैन्य कारबाहीमा चार जनाको मृत्यु भएको छ ।

Facebook Comments