• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घोराही-१४ को प्रथम वडा अध्यक्ष फुटबल कपको उपाधि सुन्दर नगरलाई




घोराही । घोराही उपमहानगरपालिका वडा नंम्वर १४ अन्तर टोल स्तरिय प्रथम वडा अध्यक्ष कप फुटलबल प्रतियोगिताको उपाधि सुन्दर नगर टोलले हात पारेको छ ।

घोराही १४ को अटो भिलेज झिगौँरा फुटवल मैदानमा विहिवार भएको फाईनल खेलमा झिंगौरालाई ३–० गोल अन्तरले पराजित गर्दै सुन्दर नगरले वडा अध्यक्ष कपको उपाधि हात परेको हो । निर्धारित समयमा दुवै टिमले २/२ गोल गरेर खेल बरावरीमा पुगेपछि टाई बे्रकरमार्फत् खेललाई अगाडी बढाईएको थियो ।

न्यू मनकामना युवा क्ववको आयोजना तथा घोराही १४ को आर्थिक सहयोगमा यही मंसिर १८ गते सोमबारदेखी सुरुभएको प्रतियोगितामा वडाका विभिन्न ६ टोलका खेलाडीहरुको सहभागितामा खेल भएको थियो ।

क्लवका अध्यक्ष प्रविण चौधरीको अध्यक्षता तथा घोराही उपमहानगरपालिका अन्तरगतको सामाजिक विकास समितिका संयोजक राममणी पाण्डेको प्रमुख आतिथ्य एवं घोराही १४ का वडा अध्यक्ष भानसिं बुढाको विशिष्ठ आतिथ्यमा समापन कार्यक्रम गरेर विजेता तथा उपविजेता खेलाडीहरुलाई ट्रफि, मेडल, प्रमाणपत्र र नगद पुरस्कार वितरण गरिएको थियो । पाँच दिनसम्म चलेको खेलमा विजयी हुने सुन्दर नगरलाई ट्रफि, मेडल, प्रमाणपत्रसहित नगद पुरस्कार १५ हजार रुपैयाँ प्रदान गरिएको हो । यस्तै उपविजेता झिगौँराले ट्रफि, मेडल, प्रमाणपत्र र नगद पुरस्कार ७ हजार रुपैयाँ प्राप्त गरेको छ ।

यस्तै उत्कृष्ट खेलाडीका रुपमा संगम चौधरी र उत्कृष्ट गोल रक्षकका रुपमा थम्मन चौधरीलाई नगद पुरस्कार, प्रमाण पत्र र मेडल प्रदान गरेर सम्मान गरिएको थियो । यस्तै अनुसाशित टिमका रुपमा झिगौँरालाई प्रसंशा प्रत्र दिईएको हो । घोराही उपमहानगरपालिकाले आगामी पुस २० गतेदेखी सञ्चालन गर्ने मेयर कप फुटवल प्रतियोगिताका लागि छनौट खेल अन्तरगत वडा अध्यक्ष कप सम्पन्न गरिएको हो । अहिले ४० जना खेलाडी छनोट भएको र यसबाट मेयर कपका लागि २१ जनालाई छनोट गरिने मेयर कप छनोटका प्रशिक्षक लेखबहादुर केसीले जानकारी दिनुभयो ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथी पाण्डेले सामाजिक विकासका लागि खेल क्षेत्रको विकास हुन अपरिहार्य रहेको बताउनुभयो । उहाँले पुर्वाधारको विकासका साथै घोराही उपमहानगरपालिकाले खेल क्षेत्र र खेलाडीको विकासलाई प्राथमिकतामा राखेर काम गर्दै आएको बताउनुभयो । घोराही १४ का वडा अध्यक्ष बुढाले वडाभित्रैबाट राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने अभियानमा आफुहरु लागेको बताउनुभयो । उहाँले टोल, वडा, पालिका र देशलाई चिनाउने माध्यमका रुपमा खेलाडीलाई विकास गर्दै लैजानुपर्नेमा जोड दिनुभयो ।

समापन कार्यक्रममा घोराही ७ का अध्यक्ष खोपीराम चौधरी, नगर खेलकुद विकास समितीका संयोजक नरेन्द्र पुन, नेपाल पत्रकार महासंघ दाङका निवर्तमान अध्यक्ष सविन प्रियासनले राष्ट्र र स्वास्थ्यका लागि खेलकुदका अति आवश्यक रहेको बताउनुभएको थियो । क्लवका सदस्य कुमार चौधरीको स्वागत मन्तव्य बाट सुरु भएको समापन कार्यक्रमको सहजिकरण सदस्य भागीराम चौधरीले गर्नुभएको थियो ।।

Facebook Comments