घोराही । नेपाल कम्युनिस्ट पार्टी पूर्वी दाङले काठमाडौं जिल्ला अदालतको पक्राउ पुर्जीविरुद्ध विरोध प्रदर्शन गरेको छ ।

नेपाल सरकार र नेकपाबीच भएको ३ बुँदे सहमति बिपरित अदालतका न्यायधीस कमल प्रसाद ज्ञवालीको इजलासले महासचिव विप्लव,प्रवक्ता प्रकाण्ड लगायतका नेताहरुका नाममा पक्राउ पूर्जी जारी गर्न दिएको आदेश विरुद्ध पार्टीले बिहीबार घोराहीमा बिरोध प्रदर्शन गरेको हो ।
पार्टी केन्द्रले घोषणा गरेको तीनदिने संघर्षका कार्यक्रम अन्तर्गत आज दाङसहित देशभर विरोध प्रदर्शन भएको नेकपाले जनाएको छ ।
प्रर्शनपछिको कोणसभामा बोल्ने नेताहरुले अदालतको गैरकानूनी आदेश विरुद्ध चर्को विरोध गरेका छन् ।
नेकपाका महासचिव विप्लवले मंगलवार मात्र एक प्रेस विज्ञप्ति मार्फत अदालतले ३ बुँदे सहमति विपरित गैरकानूनी, अराजक,विध्वंसात्मक कार्य हुने गरी आदेश दिएको भन्दै पार्टीपंक्ति र जनतालाई प्रतिरोधमा उत्रिन अपिल गर्दै तीन दिने संघर्षका कार्यक्रम घोषणा गरेका थिए ।
जिल्ला अदालत काठमाडौंले २०७६साल पुसको मुद्दा व्यूताएर २०८० मंसिर १८ गते नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी, प्रवक्ता प्रकाण्ड सी, पीवीएम माइला सी लगायतका नाममा पक्राउ पुर्जी जारी गर्दै सोमबारको गोरखापत्रमा सूचना प्रकाशित गरेको थियो ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
