• २७ मंसिर २०८२, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
दोस्रो एन्टा लिग च्याम्पियनसिपमा अल्फा तेक्वान्दो डोजाङलाई




दाङ । दोस्रो एन्टा लिग च्याम्पियनसिपमा दाङको घोराहीमा रहेको अल्फा तेक्वान्दो डोजाङले तीन पदक हात पारेको छ ।

यहि मंसिरको १४ गतेदेखि १७ गतेसम्म ललितपुरको सातदोबाटोमा भएको दोस्रो एन्टा लिग च्याम्पियनसिपमा अल्फा तेक्वान्दो डोजाङबाट सहभागी भएका खेलाडीहरुले एक स्वर्णसँगै दुई रजत पदक जितेका हुन ।

प्रतियोगितामा तेक्वान्दो खेलाडी ममता रिजालले स्वर्ण पदक जितेकी हुन । प्रतियोगितामा ६३ केजी तौल समूहमा प्रतिष्पर्धा गरेकी रिजालले प्रतियोगितामा स्वर्ण पदक जित्न सफल भएकी हुन ।

त्यसैगरी कमल खड्काले ४८ केजी तौल समूहमा र कृष्ण पुनमगर ७३ केजी तौल समुहमा रजत पदक जित्न सफल भएको बिरेन्द्र डाँगीले जानकारी दिएका छन् ।

Facebook Comments