• ४ जेष्ठ २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दंगीशरणबाट ३५ बढी माओवादी केन्द्रमा प्रवेश




तुलसीपुर । दाङकाे दंगीशरण गाउँपालिकाबाट ३५ जना बढि माओवादी केन्द्रमा प्रवेश गरेका छन् । वडा नं. ७ स्थित रजपलमा आयाेजित कार्यक्रमबाट ३५ जना बढि माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

एमाले र काँग्रेससहित विभिन्न पार्टी परित्याग गरि माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

नव प्रवेशीहरूलाई पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले स्वागत गरेका हुन् । नब प्रवेशीहरूले पश्चिम दाङमा मास्कीले अहिले ल्याएकाे विकासले नै आफूहरू प्रभावित भएकाे बताएका छन् । पश्चिम दाङमा विकास गर्ने अन्य नेताकाे विकल्प नभएकाे भन्दै सबैले मास्कीलाई सहयाेग गर्ने बताएका थिए ।

त्यस अवसरमा मन्त्री मास्कीले पश्चिम दाङ अब बिकट र कर्णाली नरहने भन्दै यसमा सहयाेग सबैमा अनुराेध समेत गरे । उनले पश्चिम दाङकाे विकासकालागि जनताकाे साथ चाहिने बताए । जनतासंग माओवादी विशेष रूपान्तरण अभियान अन्तरगत आयाेजित कार्यक्रममा नवप्रवेशिलाई स्वागत गरिएकाे हाे ।

Facebook Comments