• ४ जेष्ठ २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
पत्रकारिता क्षेत्रमा चुनौतीसँगै अवसर’




दाङ । नेपाल प्रेस युनियनका केन्द्रीय महासचिव दिलिप पौडेलले पत्रकारिता क्षेत्रमा चुनौतीसँगै अवसर पनि रहेको बताएका छन् । पत्रकारिता क्षेत्रलाई चुनौतीपूर्ण क्षेत्रका रुपमा मात्रै अहिले विश्लेषण गर्ने गरिएको भन्दै महासचिव पौडेलले पत्रकारिता क्षेत्रको अवसरको पाटोलाई पनि केलाउनुपर्ने बताएका हुन ।

नेपाल प्रेस युनियन दाङले शनिवार घोराहीमा आयोजना गरेको भेटघाट कार्यक्रममा महासचिव पौडेलले पत्रकारिता क्षेत्रको महत्वलाई प्रकाश पार्दै नयाँ पुस्तालाई पनि पत्रकारिता क्षेत्रमा जोड्नुपर्ने बताए । ‘हामीहरु पत्रकारिताको चुनौतीको कुराहरु मात्रै गर्छाै, निराश हुन्छौ । तर पत्रकारिताको सकारात्मक पाटो र अवसरलाई नजरअन्दाज गरिरहेका छौ’,महासचिव पौडेलले भने,‘पत्रकारिताका चुनौतीभन्दा अवसरलाई हामी युनियनकर्मीहरुले केलाउन जरुरी छ ।’

उनले पछिल्लो समय पत्रकारिता क्षेत्रमा विकृति समेत भित्रिएको भन्दै त्यसबाट बचेर आफ्नो पेसा गर्न पत्रकारहरुलाई आग्रह गरेका थिए । साथै उनले संगठनलाई संगठित र व्यवस्थीत गर्नका लागि समेत जिल्लामा क्रियासिल भएर लाग्न आग्रह गर्दै सवैलाई पत्रकारितामा क्रियासिल बन्न आग्रह गरेका थिए ।

नेपाल प्रेस युनियन दाङका अध्यक्ष नारायण खड्काको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रीय परामर्श समितिका सदस्य राजन कुइकेलले नेपाली पत्रकारिता संकटपूर्ण अवस्थाबाट गुर्जिएको बताए । उनले आर्थिकबन्दीका कारण सञ्चार माध्यमहरु कमजोर बनेको भन्दै यसको पत्रकारिता क्षेत्रमा परेको बताए । उनले पछिल्लो समय नाम चलेका सञ्चार माध्यम आर्थिक संकटमा गुर्जिएका भन्दै पत्रकारहरुलाई निकाल्ने काम गरिहेको भन्दै यसको समाधानका लागि पहल गर्नुपर्ने बताए ।

कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य चेतन रेग्मीले जिल्लामा सञ्चार माध्यमहरुको अवस्था कमजोर बन्दै गएको बताए । सञ्चार माध्यमहरु कमजोर बन्दा पत्रकारिता क्षेत्रबाट सञ्चारकर्मीहरु पलायन हुने क्रम बढेको भन्दै यसलाई रोक्न सवैको पहल आवश्यक रहेको बताएका थिए । कार्यक्रममा अर्का केन्द्रीय सदस्य लक्ष्मीमान चौधरीले पत्रकारहरुको क्षमता विकाससँगै सञ्चार माध्यमहरुको विकासका लागि पनि लाग्न जरुरी रहेको बताए ।

कार्यक्रममा नेपाल प्रेस युनियनका अर्का केन्द्रीय सदस्य देवेन्द्र बस्नेतले पत्रकारिता क्षेत्रका नैराश्यताका कुरा मात्रै गरेर पत्रकारिता क्षेत्रप्रतिको आकर्षणलाई कमजोर बनाउने काम गर्न नहुने भन्दै उत्साह कायम गरिनुपर्ने बताए । अझ नवप्रवेसीहरुलाई पत्रकारिता क्षेत्रका चुनौतीका विषयले सञ्चार क्षेत्रमा अड्याई राख्न सकस बन्दै गइरहेको भन्दै केन्द्रीय सदस्य बस्नेतले नेपाल प्रेस युनियनले पत्रकारिता क्षेत्रलाई सम्मानित क्षेत्रका रुपमा व्याख्या गर्दै यसका अवसरका बारेमा समेत सचेतना जगाउन आवश्यक रहेको बताए ।

कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले पत्रकारितासँगै सञ्चार माध्यमको विकासमा लाग्नुपर्ने, युनियनलाई संगठित रुपमा बलियो बनाउनुपर्ने, सामाजिक सरोकारका विषयहरुमा छलफल चलाउँनुपर्नेमा आवाज उठाएका थिए । कार्यक्रममा नेपाल प्रेस युनियन रुपन्देहीका नेपाल प्रेस युनियन दाङका निवर्तमान सचिव आर.के.शीतल, नेपाल प्रेस युनियनका केन्द्रीय पार्षद हेमराज शर्मा, नेपाल प्रेस युनियन सिन्धुलीका निवर्तमान अध्यक्ष अप्रिल अधिकारी, मञ्जु उप्रेती, नेपाल प्रेस युनियन दाङ शाखा उपाध्यक्ष पार्वती बस्नेत, कोषाध्यक्ष लीलाधर वली, कार्यसमिति सदस्य हिमाल महरालगायतले सुझावसहितको मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण सचिव अमरक्षितिज भण्डारीले गरेका थिए ।

Facebook Comments