• २० बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
`परिवर्तनको नेतृत्व माओवादीले गरेको छ´: महासचिव गुरुङ




नबिन पिएम
सल्यान। नेकपा (माओवादी केन्द्र ) सल्यान बनगाड कुपिण्डे नगर समितिकाे आयाेजनामा जनतासँग बिशेष रुपान्तरण अभियान अन्तर्गत संकल्प सभा शुक्रबार बनगाड कुपिण्डे -१ सल्लीबजारमा सम्पन्न भएको छ।

माओवादी केन्द्रका महासचिव देव गुरुङको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो । उक्त सभालाई सम्बाेधन गर्दै महासचिव गुरुङले पार्टी सुदृढ नगरे सम्म गणतन्त्र रक्षा नहुने भएकोले गणतन्त्रको रक्षा गर्न पार्टी जनताको बिचमा गएकाे बताउनुभयो ।

अहिले माओवादी पार्टी र माओवादी आन्दोलनबाट प्राप्ति उपलब्धि परिवर्तन उल्टाउन केही तत्वहरु लागि परेकोले यसकालागि गणतन्त्रवादी शक्तिहरु एक जुट हुन आवश्यक रहेकाे बताउनुभयो । माओवादीको नेतृत्वमा देशमा विकास भएकाले परिवर्तन नचहाने प्रतिगामी शक्तीहरु यो व्यवस्थालाई उल्टाउन खोजिरहेको भन्दै उहाले यो व्यवस्था परिवर्तन गरेर फेरीपनि निरंकुश व्यवस्था ल्याउन खोजिएको समेत बताउनुभयो ।

सभालाई पार्टीका केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज नरेश भण्डारी, केन्द्रीय सदस्य ,कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भिम प्रकाश शर्मा, पार्टी कर्णाली प्रदेश अध्यक्ष बिमला केसी, उपाध्यक्ष एबं बनगाड कुपिण्डे नगर प्रमुख कर्ण बहादुर बुढाथोकी ,केन्द्रिय सदस्य तफा जिल्ला संयोजक किर्ति बहादुर पुन प्रकाण्ड कृति बहादुर राना दिप लगायतले सम्बाेधन गर्नुभएको थियोे ।

नेपाली काँग्रेस,नेकपा एमाले पार्टी परित्याग गरि माओवादी केन्द्रमा प्रवेश गर्नुभएका केही नव प्रवेशी महासचिव देव गुरुङबाट सम्मान गरिएको सभामा विभिन्न मौलिक साँस्कृतिक झाकीहरु प्रस्तुत गरिएकाे थियोे ।जस अन्तर्गत वडा नम्बर -१ को युवा क्लबको केही मौलिक नाचहरु वडा नम्बर -२ बामेको मौलिक सिङ्गारु नाच , वडा नम्बर -४ को मौलिक सरङ्गे मयुर नाच , वडा नम्बर -५ को लहरे नाच लगायतका कला संकृति झल्किने मौलिक झाकिहरु प्रस्तुत गरिएको थियो ।

माओवादी केन्द्र बनगाड कुपिण्डे नगर समिती अध्यक्ष दुर्गा बहादुुर बुढाथोकीको अध्यक्षतामा भएको सभामा कर्णाली प्रदेश सदस्य कृत बहादुर राना दिपले स्वागत मन्तव्य राख्नु भएको थियो भने संचालन जीवन सिंह ठकुरीले गर्नु भएको थियो । सभामा बनगाड लगायत आसपास बाट हजारौंको उल्लासमय जन सहभागीता रहेको थियो ।

Facebook Comments