• ४ जेष्ठ २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
स्वर्गीय बुवाआमाको स्मृतिमा विद्यालयस्तरीय प्रतियोगिता




रोल्पा । स्वर्गीय बुवा आमाको स्मृतिमा छोराले विद्यालयस्तरीय प्रतियोगिता आयोजना गरेका छन् । रोल्पाको रुन्टीगढी गाउँपालिका वडा न २ मा बस्ने भुप प्रसाद डाँगीले आफ्नो स्वर्गीय बुवाआमाको स्मृतिमा बिभिन्न प्रतियोगीतात्मक कार्यक्रम आयोजना गर्नु भएको हो ।

स्वर्गीय बुवा रामसिङ डाँगी र स्वर्गीय आमा सन्तोषी डाँगीको स्मृतिको अवसरमा वडा २ का सम्पूर्ण विद्यालयलाई समाबेश गराएर प्रतियोगिता गराउनु भएको हो । उमेर धल्कीदै गर्दा शिक्षा क्षेत्रको बिकास र हौसलाको निमित सामाजिक सेवा गर्ने हेतुले आमाबुवाको स्मृतिमा उक्त कार्यक्रमको आयोजना गरिएको । साढे २३ वर्ष सरकारी जागिर गरेर अवकास पाएका डागी रोल्पाको सुनिल स्मृति गाउँपालिका साबिक घोडागाउँ गाबिसमा जन्मीनु भएको हा । उहाँको जन्म घोडागाउँमा भए पनि रुन्टीगढी गाउँपालिकाको साबिक जैलिपोखरी गाबिसमा बल्यकाल बितेको थियो । राजनीतिक आस्थाको हिसाबले उहाँ नेपाली काङग्रेस निकत हुनुहुन्छ । जागिरे जीवनमा पार्टीले उहाँलाई थुप्रै सहयोग गरेको कारणले पनि उहाँ पार्टीको गुण र समाजिक क्षेत्रबाट पार्टीलाई योगदान गर्न निमित जन्मथलो फर्किएको उहाँले बताउनुभयो ।

जागिरे जिवनमा सेवा क्षेत्र रोल्पामा भए पनि सेवा सुबिधाका हिसाबले दाङमा बसाई सराई गर्नुभएको थियो । सरकारी जागिरबाट अवकास पाए पछि भने उहाँ जन्म ठलो रोल्पा फर्किनु भएको हो । जन्म ठलो फर्किएर बिभिन सामाजिक काम गर्दै आउनु भएका डाँगीले बुवाआमाको स्मृतीमा विद्यालय स्तरीय प्रतियोगीता कार्यक्रम गर्नु भएको हो । रुन्टीगढी गाउँपालिका अध्यक्ष जनक पुनको प्रमुख आतिथ्यता तथा निवर्तमान वडा नम्बर २ का अध्यक्ष पुनाराम पुनको बिशिष्ट आतिथ्यता एवंम छोरा भुप प्रसाद डागीको सभापतित्वमा कार्यक्रम भएको हो ।

जनज्योति आधारभुत रुन्टीगढी गाउँपालिका वडा नम्बर २ लामिडाडा का शिक्षक मनबहादुर बुढाको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको संचालन शिल्केपोखरी सामुदायिक विद्यालयका शिक्षक पदम बहादुर डाँगीले गर्नु भएको हो । कार्यक्रम शिल्केपोखरी सामुदायिक विद्यालय रुन्टीगढी गाउँपालिका वडा नम्बर २ रोल्पाको प्राङगनमा भएको हो ।

Facebook Comments