• ४ जेष्ठ २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङमा हाईसको ठक्करबाट एक जनाको मृत्यु 




दाङ । देउखुरीको लमहीमा हाईसको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ ।

शुक्रबार बेलुका पश्चिमबाट पुर्ब जाँदै गरेको रा १ ख २१७३ नम्बरको हाईसले लमही नगरपालिका वडा नम्बर ७ पदमिनीखोलामा साईकल यात्रीलाई ठक्कर दिएको हो ।

हाईसको ठक्करबाट गम्भीर घाईते भएका लमही नगरपालिका वडा नम्बर ७ नयाबस्ती निवासी बर्ष ५२ का भगत चौधरीको उपचारका क्रममा मृत्यु भएको हो ।

लमही अस्पतालमा सामान्य उपचार पश्चात् उनलाई नेपालगञ्ज रिफर गरिएको थियो । टाउकोमा गम्भीर चोट लागेका चौधरीको राती मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । गाडी र चालक प्रहरीको नियन्त्रणमा छन ।

Facebook Comments