• ४ जेष्ठ २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
मावि रझेनाको अध्यक्षमा गौतम




घोराही । घोराही उपमहानगरपालिका वडा नम्बर १८ स्थित मावि रझेना दाङको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा हरी प्रसाद गौतम निर्विरोध चयन हुनु भएको छ ।

समितिको शुक्रबार विद्यालयमा बसेको बैठकले ३ वर्षे कार्यकालका लागि गौतमलाई अध्यक्षमा चयन गरेको हो । गौतम बिद्यालयको पुर्ब प्रधानाध्यापक हुनुहुन्छ ।

समितिको सदस्यहरुमा नरबहादुर राना, सुजानी सुनार, जानकी वली र हरि प्रसाद गौतम अभिभावकबाट चुनिएर आउनु भएको थियो । सो ४ जनाले मिल्क चौधरी र दिनेश अधिकारीलाई मनोनित गरेको थियो ।

वडा कार्यालयको तर्फवाट वडा अध्यक्ष भरतमणि अर्याल पदेन सदस्य, शिक्षक प्रतिनिधिमा दामोदर बस्नेत र सदस्य सचिवमा प्रधानाध्यापक उद्धव न्यौपाने रहनु भएको थियो ।

समितिको बैठकले दिवा खाजालाई व्यवस्थित गर्न लालमणि आचार्य र निर्माण समिति तर्फ दिनेश अधिकारीको संयोजकत्वमा समिति गठन गरिएको
प्रधानाध्यापक उद्धव न्यौपानेले जानकारी दिनुभयो ।

Facebook Comments