• ४ जेष्ठ २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
आज राप्तीको देवीकाेटबाट प्याराग्लाइडिङ उडान परिक्षण गरिने




तेज वीर विसी
देउखुरी । लुम्बिनी प्रदेशकाे राजधानी दाङ देउखुरीमा प्यारा ग्लाइडिङ परिक्षणकाे तयारी गरिएको छ । प्याराग्लाइडिङ आज बिहानकाे समयमा गरिने भएकाे छ भने प्याराग्लाइडिङ राप्ती गाउँपालिका देवीकाेटबाट प्याराग्लाइडिङ उडान परिक्षण गरिने तयारी रहेकाे छ भने पर्यटन विकासकाे लागि पाेखरा पछिकाे उत्कृष्ट प्याराग्लाइडिङकाे रुपमा लुम्बिनी प्रदेशकै नमुना रुपमा चिनाउने गरि प्याग्लाइडिङकाे सुरुवात गर्न लागिएको रिडी ग्रुपका अध्यक्ष मानबहादुर बुढाले बताउनुभएको हाे ।

पर्यटनलाई अझै फराकिलो र राजधानी क्षेत्रमै नयाँ मनाेरञ्जनलाई मध्यनजर गर्दै डाँडा काँडामा रमाउन र फाट हेर्न मनै लाेभ्याउने राप्ती नदि बङ्गलाचुली भारतका केही भूभागहरु देखिने ठाउँको रुपमा देवीकाेट देखिन्छ ।

गर्मी याम मा सितलता सिरेसिरे हावा चल्ने र युवा युवतीहरु रमाउने गन्तव्यकाे रुपमा देवीकाेटकाे डाँडालाई मनाेरञ्जनकाे रुपमा लिन सकिन्छ । याे एउटा पर्यटन विकासकाे रुपमा महत्त्वपूर्ण भूमिकाकाे रुपमा प्याराग्लाइडिङलाई लिएकाे छ ।

प्याराग्लाइडिङ उडानको लागि विदेशी पाइलट र पाेखराबाट १४ गते साझकाे समयमा दाङ देउखुरीमा आइपुगेका हुन् ।उनीहरु १५ गते उडानकाे तयारीसंगै आकासमा उडान गरि राजधानी वरिपरिकाे आकासमा उड्ने ग्रुपले जानकारी दिएकाे छ ।

Facebook Comments