• २१ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
चर्चित गायिका भूमिकाको अर्को गीत ‘देउरालीमा’ करोड क्लबमा प्रवेश




दाङ । छाेटाे समयमा निकै नै चर्चा हासिल गर्न सफल भएकाे लाेकदाेहरी गीत हाे ‘देउरालीमा’ । यो गीत  करोड बढी पटक हेरिएको लोक गीत बन्न सफल भएको छ । यस गीतले करोड क्लबमा प्रवेश गरेकाे छ ।

बसन्त विश्वकर्माका शब्द रहेको गीतमा चर्चित गायिका  भूमिका गिरी र प्रकाश दूतराजको स्वर रहेको छ ।
भूमिका गिरी र प्रकाश दूतराजको अभिनय रहेकाे छ ।

‘देउरालीमा’ ले  करोड दर्शक पाएकाले नेपाली लोकगीत क्षेत्रमा इतिहास बनाउन सफल भएको गीत भन्न सकिन्छ ।

पछिलो समय लोक सांगीतिक दुनियाँमा भूमिका गिरी र प्रकाश दूतराजको जोडी खुब जमेको छ । देउरालीमा गीतको छायांकन नितान्त गाउँले परिवेशमा गरिएको छ भने गीतको म्युजिक भिडियोमा भूमिका र प्रकाशको जोडी अभिनय पनि हिट भएको छ ।

Facebook Comments