• १७ बैशाख २०८३, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
२२ बर्षपछि खेतमा धान फलेपछि मन्त्रीलाई न्वागी




दाङ ।  प्यूठान सरुमाराणी गाउँपालिका वडा नं. २ को विरेबगर कुलोलाई २२ बर्ष अघि  गनाहा खोलाले बगायो ।

त्यसपछि त्यहाँको करिब डेढसय रोपनी जग्गामा कुनै पनि खेति भएन । २२ बर्षदेखि त्यहाँको खेत बाँझो रहेको थियो । तर, त्यहाँ लुम्बिनी प्रदेश सरकारले कुलो निर्माण गरेपछि धान उत्पादन सुरु भएको छ । यो बर्षदेखि धान उत्पादन सुरु भएपछि किसानहरु खुसी भएका छन् ।“२२ बर्षदेखी हामीले धान उत्पादन गर्न पाएका थिएनौं”, स्थानीय चिन्त लोहारले भने“  अहिले कुलो निर्माण भएपछि पहिलो धान उत्पादन गरेका छौं ।”

लुम्बिनी प्रदेश सरकारको ४५ लाख लगानीमा त्यहाँ सिंचाई कुलो निर्माण भएको हो । सिंचाई कुलो बनेपछि त्यहाँका किसानले उत्पादन गरेको पहिलो धानको न्वागी लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीलाई खुवाएका छन् ।“हामीले पहिलो पटक धान उत्पादन भएपछि मन्त्रीलाई नै न्वागी खुवाएका छौं”, स्थानीय सन्तोष कुमार विकले भने “हामीले उत्पादन थालेपछि कृषिमा आत्मनिर्भर हुने प्रयास गर्दैछौं ।”

त्यहाँ करिब डेढसय घरधुरी सोही कुलोकोमा निर्भर थिए । गिरे बगर,उपल्लो बुढीगरा खेत, गनाहा तल्लो फाँटका स्थानीयहरु त्यो कुलोबाट लाभाम्बित भएको स्थानीय नेत्र खनालले बताए । सिंचाई भएपछि यस बर्ष त्यहाँका प्रत्येक किसानले ५० मुरीजति धान उत्पादन गरेका छन् । अहिले हिउदे खेति पनि गरिरहेका छन् ।

यस बर्ष पनि सोही कुलोलाई १० लाख रुपैँया बजेट परेको लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले बताए ।“किसानलाई प्रोत्साहन गर्ने नै हाम्रो नीति हो”,उनले भने “ सोही अनुसार प्रदेश सरकारले कुलो निर्माण गरेपछि यहाँका जनताले सहज रुपमा रोपाई गर्नुभयो र धान उत्पादन गर्नुभयो ।”

Facebook Comments