• १० मंसिर २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
शुभमन गिल बने गुजरातको नयाँ कप्तान




दाङ । हार्दिक पाण्ड्यालाई आइपिएल टिम मुम्बई इन्डियन्समा किनेको भोलिपल्ट गुजरात टाइटन्सको कप्तानमा शुभमन गिल नियुक्त भएका छन्।

हार्दिकले २०२२ र २०२३ मा टाइटन्सको नेतृत्व गरेका थिए। सन् २०२४ सिजनको आइपिएलमा गिलको पहिलो कप्तानको जिम्मेवारी हुनेछ।

‘गुजरात टाइटन्सको कप्तानी पाउँदा खुसी छु। टोलीको नेतृत्व गर्न मलाई विश्वास गरेकोमा धन्यवाद दिन्छु,’ गिलले भने।

२४ वर्षीय गिलले २०१८ मा कोलकाता नाइट राइडर्सबाट आफ्नो आइपिएल करियर सुरु गरेका थिए। २०२२ को अक्सनअघि उनी रिलिज भएका थिए।

आइपिएलमा नयाँ फ्रेन्चाइजीका रूपमा टाइटन्सले २०२२ को अक्सनअघि तीन खेलाडीलाई साइन गर्न अनुमति पाएको थियो। त्यसपछि टाइटन्सले गिललाई ७ करोड भारु तथा हार्दिक र राशिद खानलाई १५/१५ करोड भारुमा भित्र्याएको थियो।

गिलले आइपिएल २०२२ मा १६ खेलमा ४८३ रन बनाएका थिए। राजस्थान रोयल्स विरुद्ध फाइनलमा नटआउट ४५ रन जोड्दा टाइटन्सले पहिलो सहभागितामै उपाधि जितेको थियो।

उनी आइपिएल २०२३ मा १७ इनिङ्समा ८९० रन सहित सबैभन्दा धेरै रन बनाउने खेलाडी थिए। उनले गत सिजन तीन शतक प्रहार गरेका थिए। फाइनल भने टाइटन्स चेन्नइसँग पराजित भएको थियो।

टाइटन्सको टिममा केन विलियमसन, राशिद खान, डेभिड मिलर, म्याथ्यु वेड र ऋद्धिमान साहजस्ता अनुभवी खेलाडी छन्।

Facebook Comments