श्रवण कुमार यादव
दाङ। लोपोन्मुख कुसुण्डा जातिको भाषा तथा संस्कृति संरक्षण, एवम विकास गर्ने उद्देश्यले खोज तथा अनुसन्धान कर्ता श्री उदय राज आले ज्यूले तयार गर्नु भएको द अन्टोल्ड टेल अफ कोसुण्डा नामक वृ्तचित्र आज शुक्रबार एक कार्यक्रमबीच विमोचन भएको छ।
शुक्रबार दाङको लमहीमा देउखुरी उद्योग वाणिज्य सङ्घले आयोजना गरेको कुसुण्डा जातिको भाषा तथा संस्कृति संरक्षण, उजागर एवम् विकासका लागि अनुसन्धानकर्ता उदयराज आलेद्वारा तयार पारिएको वृतचित्रको विमोचन गर्नुहुँदै मन्त्री शर्माले लोपाेन्मुख समुदायलाई राज्यको मूलधारमा ल्याउने काम भइरहेको बताउनुभएको छ ।
कुसुण्डा समुदायले आफूहरुलाई एकीकृत बस्ती निर्माण गरेर राख्न आग्रह गरेपछि मन्त्री शर्माले सबै क्षेत्रका कुसुण्डा सुमुदायसँगै बस्न तयार रहने हो भने सरकारले यो काम गर्न पछि नहट्ने बताउनुभयो । कुसुण्डा समुदाय मात्रै नभएर लोपउन्मुख सबै जाति समुदायको संस्कृति संरक्षण र भाषालाई जोगाइ राख्नका लागि अभियान्तको पनि ठूलो सहयोग रहेको उहाँको ठहर थियो । लोकतान्त्रिक गणतन्त्रमा सबैको अधिकार स्थापित हुने र सबै जाति समुदायलाई राज्यको मूलधारमा ल्याउने काम भइरहेको उहाँको भनाइ थियो । “हाम्रो संविधानले समानुपातिक, समावेशीको कुरा गरेको छ, कुसुण्डा भाषाको संरक्षणका लागि पनि राज्यले काम गरेको छ भाषा मर्न नदिनका लागि अभियान्ताहरुबाट पनि ठोस योजनासहित सरकारसँग आग्रह गर्नुपर्यो” मन्त्री शर्माले भन्नुभयो।
खोज तथा अनुसन्धान कर्ता श्री उदय राज आलेले कुसुण्डा नेपालको महाभारत र चुरे पहाडको जङ्गली भू-भागमा फिरन्ते (भ्रमणशील) जीवनयापन गर्ने एक आदिवासी जनजाति हो । लोपोन्मुख कुसुण्डा जाति नेपालको सीमित जिल्लाहरुमा मात्र छरिएर बसोबास गरिरहेका छन् । यतिबेला कसुण्डा जातिमा कुसुण्डा मातृभाषा बोल्न सक्ने दुई जना पूर्ण र दुई जना आंशिकरुपमा बोल्न सक्ने वक्ता रहेका छन् । दाङ जिल्लाको देउखुरीमा बस्ने ज्ञानीमैयाँ सेन कुसुण्डा पूर्ण वक्ता हुन भने दाङमा बस्ने प्रेमबहादुर शाही आंशिक वक्ता हुन । रोल्पा सखीकी कमला सेन खत्री पूर्ण वक्ता हुन भने तनहुँका राजा मामा आंशिक वक्ता हु । त्यसो त कुसुण्डा जातिको भाषा र संस्कृति नेपाली तथा विदेशी विद्वान्हरूले अध्ययन एवम् अनुसन्धान गरिरहेका छन् । यो पङ्क्तिकारले पनि विगत पाँच वर्षदेखि कुसुण्डा जातिको अध्ययन तथा अनुसन्धान गरिरहेको छ । उक्त अध्ययनपश्चात् ‘कुसुण्डा जाति र शब्दकोश’ नामक पुस्तक तयार गरिसकेको जानकारी गराउनुभयो।
गाउँले जीवन र परिवेशमा घुलमिल र रमाउन थालेका कुसुण्डाहरुको आदि सभ्यता तथा मौलिक संस्कृति हराइसकेको छ । यतिबेला कुसुण्डाको चिनारी झल्काउने सम्पत्ति ‘भाषा’ मात्र बचेको छ र अन्तर्जातीय विवाहका कारण कुसुण्डा जाति रक्तमिश्रित भइसकेको खोज तथा अनुसन्धान कर्ता श्री उदय राज आले ज्यूले बताउनुभयो।
कार्यक्रम देउखुरी उघोग वाणिज्य संघ लमहीका अध्यक्ष कमल जङ्ग सिंह ठकुरीकाे अध्यक्षता, नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्री माननीय रेखा शर्माको प्रमुख आतिथ्य, लमही नगरपालिकाका प्रमुख जोगराज चौधरी, उप-प्रमुख लक्ष्मी योगीकाे विशिष्ट अतिथि लगायत जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, र सञ्चारकर्मीको उपस्थितिमा सम्पन्न भएको हो।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।

