• २१ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
कला सस्कृति एकताको आधार : मन्त्री शर्मा




बंगलाचुली। संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले कला संस्कृति एकताको आधार भएको बताउनुभएको छ । दाङको बंगलाचुली गाउँपालिकामा भएको बृहत भैलो महोत्सवको उदघाटन‌ गर्दै मन्त्री शर्माले फरक फरक समुदाय र जातजातिका भएपनि सबैलाई चाडपर्व र कला संस्कृतिले जोडने गरेको बताउनुभएको थियो।

उहाले देश बहुसांस्कृतिक, बहुभाषिक र बहुधार्मिक भएको भन्दै सबै समुदायका मौलिक कला र संस्कृतिलाई संरक्षणमा ध्यानदिनुपर्ने बताउनुभएको हो । मन्त्री शर्माले भन्नुभयो, हाम्रो देश बहुभाषिक र बहुसांस्कृतिक छ । यहाँको कला संस्कृति पनि फरक फरक छ। त्यसैले तीनै तहका सरकारले संरक्षणमा ध्यान दिनुपर्छ।

उहाले स्थानीय सरकारले कला सस्कृति संरक्षण गर्ने कार्य राम्रो भएको भन्दै यसले संस्कृतिक इतिहासलाई बलियो बनाउन सघाउ पुर्याउने बताउनुभयो। साथै उहाले आफ्नो मौलिक चा‌ड‌, कला संस्कृतिको संरक्षणमा हरेकस्थानीय तहहरुले ध्यान दिनुपर्ने बताउनुभएको थियो।
बंगलाचुली गाउँपालिका अध्यक्ष तुलसीराम पुनको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले स्थानीय कला सस्कृति संरक्षणका लागि महोत्सवले सहयोग पुर्याउने बताउनुभएको थियो। मन्त्री खनालले संस्कार र संस्कृतिलाई पुस्तान्तरको आधार भएको भन्दै सबैलाई एकतामा बाँध्ने बताउनुभयो ।

मन्त्री खनालले नयाँ पुस्ताले मौलिक कला संस्कृति भुल्दै गएको भन्दै यस्ता कार्यक्रमले संरक्षणमा सहयोग पुग्ने बताउनुभएको थियो।
स्थानीय कला सस्कृतिको संरक्षणका लागि दाङको बंगलाचुली गाउँपालिकाले आयोजना गरेको बृहत भैलो महोत्सवमा ८ वडा १६ वटा टिमको सहभागीता रहेको थियो भने बंगलाचुली वडा नं. ५ साकिने भैलो समुह सर्वाेत्कृष्ट भएको थियो थियो।

बंगलाचुली गाउँपालिकाका उपाध्यक्ष भक्त बहादुर जिसीको स्वागत मन्तव्य बाट सुरुभएको बृहत भैलो महोत्सवको उदघाटन‌ कार्यक्रमको सहजिकरण हास्य व्यङ्ग्य कलाकर कमल गाउलेले गरेका थिए ।

Facebook Comments