• ४ जेष्ठ २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बंगलाचुलीमा एफटीटीएच सेवा सुुरु




दाङ । सन्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दाङको पहाडी गाउँपालिका बङ्लाचुलीको कमिरेचौरमा नेपाल टेलिकमको फाइबर टु द होम ९एफटिटिएच० सेवाको उद्घाटन गर्नुभएको छ ।

सेवा सुरु भएसंगै सन्चार सुबिधाले पछाडि पारिएको यो गाउँपालिकामा अब द्रूत गतिको इन्टरनेट चल्नेछ । अत्याधुनिक प्रविधिको एनटी फाइबरमार्फत ल्याण्डलाईन टेलिफोन, तीव्र गतिको इन्टरनेट र टेलिभिजन सेवा प्रयोग गर्न सकिने छ ।कमिरेचौरमा ५ सय १२ लाइन क्षमताका फाइबर डिस्ट्रिव्युसन क्याविनेट ९एफडिसी० जडान सेवा सुरु गरिएको हो ।

नेपाल टेलिकम वायरलेस सेवा निर्देशनालय काठमाडौँका ईन्जिनियर सुरेश भण्डारीका अनुसार पहिलो चरणमा बंगलाचुलीगाउँपालिकाको कार्यालय ,कमिरेचौर बजार र श्रीवारीका गाउँहरुमा यो सेवा उपलब्ध गराईने छ ।

टेलिकमले २५, ५०, १०० र १५० एमबीपीएसको गतिमा एनटी फाइबर सेवा उपलब्ध गराइरहेको छ । सेवाको सुरुवात गर्दै मन्त्री शर्माले बर्षो देखि सञ्चार सुविधाबाट अलग भएको गाउँमा सेवा पुग्दा नागरिक दैनिकी सहज बन्ने प्रतिकृया दिनुभयो ।यो पालिका मन्त्री शर्माको आफ्नै निर्वाचन क्षेत्र पनि हो ।

Facebook Comments