• ४ जेष्ठ २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
लुम्बिनीमा मन्त्रालय बढाउने कसरत : वर्षमानले फकाए, फक्किएन कांग्रेस




दाङ । ‘रिक्त रहेका तीन मन्त्रालयमध्य दुईमा कांग्रेसका र एकमा माओवादीबाट तत्कालै मन्त्री नियुक्त गरेर मन्त्रिपरिषद्लाई पूर्णता दिउँ भनेर मैले भनिरहेको छुँ’, कांग्रेस लुम्बिनी प्रदेश सभापति पुनले भने, ‘मन्त्रालय बढाउनै पर्ने अवस्था आएको खण्डमा पछि सोचौँला भनेको छु तर उहाँहरूले यो मान्नु हुन्न ।’ माओवादी भने आन्तरिक व्यवस्थापनका लागि दुई मन्त्रीलाई नै सरकारमा पठाउनु पर्ने दबाबमा छ ।

माओवादीमा कायम दुई धारको व्यवस्थापनका लागि कुनै एकलाई मन्त्रीका रूपमा सरकारमा पठाउँदा आन्तरिक सन्तुलत भताभुङ्ग हुने माओवादीको बुझाइ छ । अब एक मात्रै मन्त्रालय लिएर सरकारमा जाँदा कृष्णा केसी स्वतः मन्त्री बन्ने र संसदीय दलका नेता जोगबहादुर महरा समूहको प्रतिनिधित्व सरकारमा शून्य बन्ने छ । फलतः दीपेन्द्रलाई सरकारमा सहभागी गराएर सरकारमा आफ्नो समूहको प्रतिनिधित्व महरा समूहले खोजिरहेको छ । अहिले सरकारमा रहेका अर्थमन्त्री धनबहादुर मास्की महरा इतर समूहका हुन् ।

सरकारमा सहभागी हुने भनिएकी कृष्णा पनि अर्थमन्त्री मास्की निकटस्थ हुन् । तर कांग्रेसले नीतिगत निर्णय नै गरिसकेकाले मन्त्रालय बढाउने निर्णयबाट कांग्रेस पछि नहट्ने चट्टाने अडानमा देखिन्छ । ‘सिंगो पार्टीले मन्त्रालय नबढाउने भनेर नीतिगत निर्णय गरेको अवस्था हो’, सभापति पुनले भने, ‘अब मैले मात्र यो निर्णय फिर्ता लिन्छु भनेर हुँदैन नि !’

आइतवार राति अबेरसम्म भएको छलफलमा मुख्यमन्त्री चौधरीले भने मन्त्रिपरिषद्को पूर्णताका लागि सहज वातावरण निर्माण गरिदिन माओवादी र कांग्रेस नेतालाई आग्रह गरेका थिए । ६ महिना अघि मुख्यमन्त्री नियुक्त भएका चौधरीले अहिलेसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिन सकिरहेका छैनन् । ‘मन्त्रिपरिषद्लाई पूर्णता दिन सहज वातावरण निर्माणका लागि मुख्यमन्त्रीजीले आग्रह गर्नुभयो’, कांग्रेस लुम्बिनी सभापति पुनले भने, ‘अहिले कायम मन्त्रिपरिषद् अनुसार तीन मन्त्रालयमा कांग्रेसको भागमा परेका दुई र माओवादीको भागमा परेको एक मन्त्रालयमा तत्काल मन्त्री नियुक्त गर्नुस्, बाँकी पछि सोचौँला र निर्णय गरौँला भनेको छु ।’ मुख्यमन्त्री सहित १० सदस्यीय लुम्बिनी मन्त्रिपरिषद्मा अहिले मुख्यमन्त्री सहित ७ मन्त्री छन् ।

Facebook Comments