• २० मंसिर २०८०, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
स्थानीय मदिरा ब्राण्डिङ्का लागि कानुन निर्माण गर्दैछौं : मन्त्री मास्की




दाङ । लुम्बिनी प्रदेश सरकारले स्थानीयस्तरमा उत्पादित रक्सीलाई ब्रान्डिङ गर्नकालागि कानुन निर्माणको प्रक्रिया अघि बढाएको छ । प्रदेश अर्थमन्त्री धनबहादुर मास्कीका अनुसार संघीय सरकारसंग समन्वय गरेर कानुन निर्माणको प्रक्रिया अगाडी बढाईएको छ । प्रदेश सरकारले स्थानीय स्तरमा उत्पादित पेय पदार्थ र मदिरालाई कानुन निर्माण गरि बजारीकरण गर्नकालागि दुई करोड बजेट बिनियोजन गरेको छ ।

सोही अनुसार कानुन निर्माणको प्रक्रिया अघि बढेको अर्थमन्त्री मास्कीले बताए ।“हामीले स्थानीय स्तरमा उत्पादित रक्सीलाई ब्राण्डिङ गर्नकालागि संघीय सरकार संग पनि समन्वय गरेका छौं”,उनले भने“एउटा समिति नै बनाएर कानुन निर्माणको प्रक्रियालाई अघि बढाएका छौं ।”

संघीय अर्थमन्त्री, उद्योग मन्त्रीसहित प्रदेश सरकारको टोली सम्मिलित एउटा समिति बनाएर कानुन निर्माण प्रक्रिया अघि बढाएको मन्त्री मास्कीले बताए । हाल विदेशबाट रक्सी ल्याएर नेपाली बजारमा खपत गर्ने गरिएको भन्दै नेपालमै रक्सी उत्पादन गरेर बजारीकरण गरेमा बाहिरबाट आयत गर्नुपर्ने अबस्था नरहने भन्दै यो कार्य अघि बढाइएको उनको भनाई छ । पहिलो चरणमा बाँके स्थित राप्ती सोनारी गाउँपालिकाले मौवाबाट रक्सी उत्पादन गर्न थालेको समेत मन्त्री मास्कीले बताए । प्रदेशमा मौवा, कोदो, जामुन, कुरिलो, टिमुर, बेल, लालिगुरासलगायतबाट मदिरा उत्पादन गर्ने तयारी रहेको छ ।

यसरी प्रदेश सरकारले रक्सी उत्पादन गरेर बजारीकरण गर्न थालेपछि प्रदेशका ७५ हजारले रोजगारी पाउने उनको भनाई छ ।“अहिले धेरै युवा जनशक्ति विदेश जाने गरेको छ, नेपालमा स्वरोजगारका अवसरहरु पनि प्रयाप्त छैनन्”,उनले भने “यो कानुन मात्रै निर्माण भएमा राम्रो जनशक्तिले नेपालमै रोजगार पाउनेछ ।”

नेपालमै उत्पादन हुने मदिराहरु अहिले विदेशबाट आयत गर्ने गरिएको भन्दै अब यसको अन्त्य हुनुपर्ने मन्त्री मास्कीले बताए ।

दाङ तुलसीपुर ३ मा आयोजित जनतासंग माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत आयोजित कार्यक्रममा मन्त्री मास्कीले यस्तो बताए ।सोही अवसरमा तुलसीपुर ३ मा ६१ जना माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

Facebook Comments