• ७ मंसिर २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङ उवा संघले पठायो भूकम्प पीडितका लागि करिब ४ लाख बराबरको राहत सामग्री




घोराही । दाङ जिल्ला उद्योग वाणिज्य संघले कार्तिक १७ गते जाजरकोट केन्द्र बिन्दु बनाएर गएको बिनाशकारी भुकम्पबाट पीडितका लागि करिव ४ लाख वरावरको राहत सामाग्री पठाएको छ ।

संघले ४२ बोरा चामल, ११५ थान सिरक, ११५ स्थान डसना,४२ पिस ठुलो ब्ल्याङकेट, १५ पिस सानो ब्ल्याङकेट, १ बोरा फुरनदाना, ४ पेटी चाउचाउ, २ पेटी विस्कुट, १४ जोडा बच्चको कपडा, २३ पिस लेडिज ज्याकेट र पिफ रोल लगायत सामाग्री पठाएको संघका महासचिव महेन्द्र बुढाथोकीले जानकारी दिए।

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत संघले मुलुक विपत्‌मा परेका बेला सधैँ अग्रभागमा रहेरको भन्दै संघले सञ्चालन गरको भुकम्प पिडितकालागि राहत संकलनबाट संकलन राहत सामाग्री जिल्ला प्रशासन कार्यालय दाङ मार्फत भुकम्प प्रभावित क्षेत्रमा पठाएको संघका अध्यक्ष वसन्त जाशीले वताए ।

Facebook Comments