• १२ श्रावण २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
एकदिवसीय विश्वकपको उपाधिका लागि भारत र अष्ट्रेलिया खेल्दै




दाङ । एकदिवसीय विश्वकप २०२३ को फाइनल आज आयोजक भारत र पाँच पटकको विश्व च्याम्पियन अष्ट्रेलियाबीच हुँदै छ। खेल विश्वको सबैभन्दा ठूलो क्रिकेट मैदान अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा दिउँसो सवा २ बजे सुरु हुनेछ ।

दुवै टोली दोस्रो पटक प्रतियोगिताको फाइनलमा भिड्दैछन् । उनीहरुबीच २००३ को एकदिवसीय विश्वकपको फाइनल पनि भएको थियो । जसमा अस्ट्रेलियाले १२५ रनले जित निकाल्दै उपाधि जितेको थियो ।

भारत चौथो पटक र अष्ट्रेलियाले आठौं पटक विश्वकपको फाइनल खेल्नेछ।

भारतीय टोली चौथो पटक फाइनलमा पुगेको छ । यसअघि यो टोली सन् १९८३, २००३ र २०११ मा यस प्रतियोगिताको फाइनलमा पुगेको थियो । अर्कोतर्फ अष्ट्रेलियाको टोली आठौं पटक विश्वकपको फाइनलमा पुगेको छ । टोलीले ७ मध्ये ५ फाइनल जितेको छ ।

अस्ट्रेलिया विगत २७ वर्षदेखि विश्वकपको फाइनलमा हारेको छैन। टोलीले पछिल्लो २४ वर्षमा सबै ४ वटा फाइनल जितेको छ । फाइनलमा अस्ट्रेलिया अन्तिम पटक सन् १९९६ मा श्रीलंकासँग पराजित भएको थियो ।

भारत र अस्ट्रेलिया जारी विश्वकपको पाँचौं लिग खेलमा पछिल्लो पटक आमनेसामने भएका थिए । भारतले ६ विकेटले जितेको थियो ।

भारत र अष्ट्रेलियाबीच हालसम्म कूल १५० ओडीआई खेलिएको छ । भारतले ५७ खेल जितेको छ भने अष्ट्रेलियाले ८३ खेल जितेको छ । १० खेल अनिर्णित रहेका छन् ।

भारतीय टोली विश्वकप २०२३ मा एउटा पनि खेल नहार्ने एकमात्र टोली हो। टोलीले लिग चरणका सबै नौ खेल जितेको थियो। भारतले अष्ट्रेलियालाई ६ विकेटले, अफगानिस्तानलाई ८ विकेटले, पाकिस्तानलाई ७ विकेटले, बंगलादेशलाई ७ विकेटले, न्यूजिल्याण्डलाई ४ विकेटले, इङ्ल्यान्डलाई १०० रनले, श्रीलंकालाई ३०२ रनले, दक्षिण अफ्रिकालाई २४३ रनले र नेदरल्याण्डलाई १६० रनले पराजित गरेको थियो ।

लगातार ९ जितपछि १८ अंकसहित शीर्ष स्थानमा रहेको टोली सेमिफाइनलमा प्रवेश गरेको हो । सेमिफाइनलमा पछिल्लो दुई उपविजेता न्युजिल्याण्डलाई ७० रनले पराजित गर्दै उपाधि जितेको हो ।

विश्वकपमा अस्ट्रेलियाको सुरुवात खराब रह्यो । टोली पहिलो खेलमा आयोजक भारतसँग ६ विकेटले पराजित भएको थियो । अर्को खेलमा टोली दक्षिण अफ्रिकासँग १३४ रनले पराजित भएको थियो ।

लगातार २ हारपछि कंगारु टोलीले पुनरागमन गर्दै त्यसपछिका ७ खेल जितेको छ । टोलीले श्रीलंकालाई ५ विकेटले, पाकिस्तानलाई ६२ रनले, नेदरल्याण्डलाई ३०९ रनले, न्यूजिल्याण्डलाई ५ रनले, इङ्ल्यान्डलाई ३३ रनले, अफगानिस्तानलाई ३ विकेटले र बंगलादेशलाई ८ विकेटले पराजित गरेको थियो । लगातार ७ जितपछि १४ अंकसहित टोली सेमिफाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा दक्षिण अफ्रिकालाई ३ विकेटले पराजित गर्दै टोली फाइनलमा प्रवेश गरेको थियो ।

अहमदाबादको पिच ब्याट्सम्यानका लागि उपयोगी छ, तर यसले बलरलाई पनि मद्दत गर्छ। यहाँ बीचको ओभरमा स्पिनरहरूले समर्थन पाउँछन्। यस विश्वकपको पाँचौं खेल यहाँ खेलिनेछ । हालसम्म भएका ४ खेलमा पछ्याउने टोलीले ३ र पहिले ब्याटिङ गर्ने टोलीले १ खेल जितेको छ ।

यहाँ हालसम्म खेलिएका ३० ओडिआईमध्ये १५ खेल पहिले ब्याटिङ गर्ने टोलीले जितेका छन् । पछ्याउने टोलीहरूले १५ खेलमा जित हासिल गरे।

पहिलो इनिङ्सको औसत कुल २४३ रन हो । यहाँ टिमको उच्चतम स्कोर ३६५ रन हो, जुन सन् २०१० मा भारत विरुद्ध दक्षिण अफ्रिकाले बनाएको थियो। सबैभन्दा कम स्कोर ८५ हो, जुन २००६ मा जिम्बाब्वेले वेस्ट इन्डिजविरुद्ध बनाएको थियो।

भारतले अहमदाबादमा १९ ओडिआई खेलेको छ । टोली ११ मा जित निकालेको छ भने ८ मा हारेको छ । यहाँ पहिले ब्याटिङ गरेको टोलीले नौ खेलमध्ये पाँचमा जित र चार हार बेहोरेको छ। पछ्याउने क्रममा, १० खेलहरू मध्ये, ६ जीत र ४ खेलमा हार ब्यहोरेको छ ।

अष्ट्रेलियाले अहमदाबादमा अहिलेसम्म ६ ओडिआई खेलेको छ भने ४ जित र २ हारेको छ । यहाँ पहिले ब्याटिङ गरेको टोलीले चार खेलमध्ये तीनमा जित र एकमा हार बेहोरेको थियो। पछ्याउने क्रममा दुई खेलमध्ये एकमा जित र एकमा हार बेहोरेको थियो ।

सम्भावित प्लेइलेभन
भारत: रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस अय्यर, केएल राहुल (विकेटकिपर), सूर्यकुमार यादव, रविन्द्र जडेजा, कुलदीप यादव, मोहम्मद शमी, जसप्रित बुमराह र मोहम्मद सिराज।

अष्ट्रेलिया: प्याट कमिन्स (कप्तान), डेभिड वार्नर, ट्राभिस हेड, मिचेल मार्स, स्टिभ स्मिथ, मार्नस लाबुस्चेन, जोस इंग्लिस (विकेटकिपर), ग्लेन म्याक्सवेल, मिचेल स्टार्क, एडम जाम्पा र जोस हेजलवुड।

Facebook Comments