• २८ चैत्र २०८२, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
बंगलाचुलीमा अटो दुर्घटना हुँदा महिलाको मृत्यु




दाङ । दाङको बंगलाचुली गाउँपालिका– ५ की ६५ वर्षीया भेगी बुढाको मृत्यु भएको छ।

जिल्ला प्रहरी दाङका प्रमुख एसपी रामबहादुर केसीका अनुसार उनको उपचारका क्रममा बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा गएराति साढे ११ बजे मृत्यु भएको हो।

बुधबार दिउँसो १ः ४० बजे बंगलाचुली– ५ स्थित गुरासेनी डाँडाबाट रा १ ह ५८०५  नम्बरको अटो ब्रेक फेल भइ झन्डै पाँच सय मिटर तल खस्दा बुढा गम्भीर घाइते भएकी थिइन्।

जिल्लाको घोराहीस्थित राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा घाइते बुढालाई उपचारका लागि लगिएको भए पनि त्यहाँ प्रारम्भीक उपचार पछि थप उपचारका लागि बाँकेको कोहलपुर रिफर गरिएको थियो।

कोहलपुरमै घाइते बुढाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

 

Facebook Comments